राजविराज÷आफ्नै जग्गामा जबरजस्ती अरुले कब्जा गरेर उपभोग गर्दै आएपछि विगत २० वर्षदेखी राजविराज नगरपालिका ९ निवासी मो. इद्रिश मियाँ जग्गा धनी पुर्जा बोकेर प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत उक्त जग्गा खाली गराउन सकेका छैनन् ।
छिमेकीहरुबाटै जबरजस्ती कब्जा गरिएको जग्गा भने कब्जामुक्त तथा प्रयोग गर्न सफल नभएपछि उनी शनिवार जग्गाको प्रमाणसहित संचारकर्मी गुहार्न पुगेका छन् ।
आफ्नो ३ सय १८ कित्ता नम्बरको १३ धुर जग्गा छिमेकी इस्माईल मियाँ र उनका दाजु इब्राहिम मियाँले जबरजस्ती कब्जा गरेर उपभोग गरिरहेको उनले सुनाउँदै न्यायका लागि पहल गरदिन सबै पक्षसँग आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा ११, जिल्ला प्रहरी कार्यालयमा १४ र वडा प्रहरी कार्यालयमा ३ पटक पुगिसक्दा समेत कुनै पहल हुन नसकेको उनी निरास भएका छन् । प्रहरी र प्रशासन कार्यालयमा पटक पटक पुगेको मिति समेत डायरीमा लेखेर राखेका उनी पछिल्लो पटक वडा कार्यालय र राजविराज नगरपालिकाको न्यायिक समितिमा समेत पुगे ।
न्यायिक इजलाशले मो. इद्रिशको पक्षमा निर्णय गर्दै इस्माईल र इब्राहिम दाजु भाईलाई अविलम्ब उक्त जग्गा खाली गर्न गत जेठ ७ मा राजविराज नगरपालिका कार्यालय मार्फत पत्राचार समेत गरियो । तर, राजविराज नगरपालिकाको न्यायिक समितिको आदेश एक महिनाभन्दा बढी बितिसक्दा पनि कार्यान्वयनमा नआएको पिडित इद्रिशले बताए ।
पैसा र पहुँचकै कारण इस्माईल र इब्राहिम दाजु भाईले कसैलाई नटेरेको तथा स्थानीय प्रशासनले पनि दवाव सिर्जना गर्न नसकेको उनको गुनासो छ ।
राजविराज नगरपालिका र न्यायिक समितिसँगै आफुले पनि वडा कार्यालयबाट इस्माईल र इब्राहिम दाजुभाईलाई इद्रिशको जग्गा खाली गर्न तथा कुनै प्रमाण भए लिएर आउनु भनी पटक पटक पत्राचार गरेको बताउँदै सो वडाका वडा अध्यक्ष शम्भु प्रसाद यादवले भने ‘पटक पटक समाधानको प्रयास गरेका छौ तर, एक पक्षको अडानका कारण समाधान गर्न सकिएको छैन ।
उनले वडा कार्यालयले राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरी आवश्यक कार्वाहीको लागि अनुरोध गरेर जग्गा खाली गराउन आवश्यक पहल जारी राखेको बताएका छन् ।
मो. इद्रिशको कब्जा गरिएको उक्त जग्गा खाली गराउन वडामा यसअघि चार पटक पञ्चायती समेत बसिसकेको छ । हरेक पञ्चायतीमा इस्माईल र इब्राहिम मियाँलाई उक्त जग्गा खाली गर्न वा खाली नगरे चलनचल्ती हालको बजार भाउअनुसार जग्गाको रकम मो. इद्रिशलाई दिनुपर्ने निर्णय गरिएको छ ।
हाल इब्राहिम र इस्माईल दाजुभाईले सो जग्गामा जबर्जस्ती घर बनाउन तथा परालको टाल लगाउन लागेको भन्दै उनले रोक्न जाँदा गालीग्लौज गरी भगाइदिएको तथा ज्यान मार्ने धम्की समेत दिन थालेको मो. इद्रिशले सुनाए । आफु असुरक्षित भएपछि उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षा माग्दै ७ दिन अघि निवेदन पनि पेश गरेका छन् ।
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
सारांश
- जिल्ला प्रशासन कार्यालयमा ११, जिल्ला प्रहरी कार्यालयमा १४ र वडा प्रहरी कार्यालयमा ३ पटक पुगिसक्दा समेत कुनै पहल हुन नसकेको उनी निरास भएका छन् ।
- प्रहरी र प्रशासन कार्यालयमा पटक पटक पुगेको मिति समेत डायरीमा लेखेर राखेका उनी पछिल्लो पटक वडा कार्यालय र राजविराज नगरपालिकाको न्यायिक समितिमा समेत पुगे ।
- न्यायिक इजलाशले मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया