दैनिक संवाददाता
राजविराज, २२ जेठ ।
घरबारबिहिन अवस्थामा रहेको अग्निपीडितलाई आवासको व्यवस्था मिलाइदिनुपर्नेसहितका माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सप्तरीले मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
अग्निपीडितलाई आवास मिलाइदिन माग
सारांश
- जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
- ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
- मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया