त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन

राजविराज राजविराज
|
आइतबार, आषाढ २९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन

सारांश

  •     अबिरल बर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले वडा २ सिद्विपुरको बाध भत्किएको कारण सकुवानीसहित त्यस क्षेत्रका १ सय ५० घरपरिवारका ६ सय व्यक्ति बिस्तापित भएका हुन् ।
  •     स्थानिय मोहम्मद मजिमिल हक, मोहम्मद ईनुस, सहादत, मोहम्मद समिम, मोहम्मद हैदर, मोहम्मद रसुल, मजलुम, मोलाधामी, मोहन बिक, तरू चौधरी, मोहम्मद गफार, मोहम्मद अलि हुसेन, हजारी राम घरमा पानी पसेर घरको खाद्यान्न, गाईबस्तु, लत्ताकपडा, सहितका लाखौको समानहरू बाढीले बगाएको नेपाली काँग्रेसका स्थानिय नेता कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।
  •     सप्तकोशी नगरपालिकाले सिद्विपुरस्थित त्रियुगा नदीमा बालु उत्खन गर्नाले यहाँका तटबन्ध भत्केको स्थानिय मोहन बिकले बताए ।

चन्दन यादव
फत्तेपुर, २९ असार । 
    अबिरल बर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिकास्थित वडा नं. १ फत्तेपुरसहित वडा नं. २, ३, ६, ७ का ६ सय घरपरिवार बिस्तापित भएका छन् भने बाढीको पानी घरमा पस्दा खाद्यान्नसहित जनधनमा ठूलो क्षति पुगेको छ । 
    अबिरल बर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले वडा २ सिद्विपुरको बाध भत्किएको कारण सकुवानीसहित त्यस क्षेत्रका १ सय ५० घरपरिवारका ६ सय व्यक्ति बिस्तापित भएका हुन् ।
    स्थानिय मोहम्मद मजिमिल हक, मोहम्मद ईनुस, सहादत, मोहम्मद समिम, मोहम्मद हैदर, मोहम्मद रसुल, मजलुम, मोलाधामी, मोहन बिक, तरू चौधरी, मोहम्मद गफार, मोहम्मद अलि हुसेन, हजारी राम घरमा पानी पसेर घरको खाद्यान्न, गाईबस्तु, लत्ताकपडा, सहितका लाखौको समानहरू बाढीले बगाएको नेपाली काँग्रेसका स्थानिय नेता कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।


    सप्तकोशी नगरपालिकाले सिद्विपुरस्थित त्रियुगा नदीमा बालु उत्खन गर्नाले यहाँका तटबन्ध भत्केको स्थानिय मोहन बिकले बताए । बारम्वार नगरपालिका ठेक्का लगाएर नदिवाट बालुवा उत्खन नर्गन भनिए पनि ट्रेक्टरवाट बालु उत्खन गरेकोले नदीमा आएको बाढीले बाध भत्काएको स्थानिय हजारी रामले बताए ।
    त्यसैगरी वडा १ फत्तेपुरमा त्रियुगा नदीको हेड बाधबाट पानी ओभर फ्लो भएर बस्तिमा बाढी पस्दा त्यहाँका २ सय ५० घरपरिवार घरवार बिहिन भएका छन् । सो वडाका कृष्णबहादुर तमाई, किरण राई, दिल सिँह राई, शम्भु राई, कमल राई, अजु राई, रितु खडका, बलमान तामाङ्ग, बची कमनी, कर्ण गुरूङ्ग, कला राई, बिष्णु राई, मंजु राई, काजी परियार, रामकुमार राई, समसा मिया, रोशन बिक, रोशन मिया, अनवर मिया, अनदिल मिया, फते महम्मद, धनमायाँ राईसहित २ सय ५० घरपरिवारमा त्रियुगाको हेड बक्सबाट नदी ओभर फ्लो भएर गाउबस्ति ढुवानमा परेका स्थानिय पुलचौक समाज सुधारका अगुवा धनप्रसाद अचार्यले जानकारी दिए ।
    बाढीले त्यहाँका घरपरिवारवाट खाद्यान्न, भेडाबाख्रा, सुँगुर, चौपायाँहरू लगायत टिभी, फ्रिज लताकपडाका सामग्रीहरू नष्ट भएको छ भने घरबाट आवतजावत गर्न समेत समस्या भएको पीडित लक्ष्मी राई चौधरीले दःुखेसो पोखीन् ।
    यता बाढी प्रभाबित क्षेत्रमा नेपाली काँग्रेस सप्तरी अध्यक्ष दिनेश कुमारयादब सहितको नेता तथा कार्यकताहरूले त्रियुगा नदिको सिद्विपुर, फत्तेपुर, सकवनीसहित ठाँउहरूमा पुगेर बाढी पीडितहरूको घरपुगेर बाढीको अबस्थावारेमा जानकारी लिएका छन् भने पार्टीका कार्यकर्ताहरू बाढी प्रभाबित क्षेत्रमा आबश्यक राहतका सामग्री जुटाएर बितरण गर्न उनले आग्रह समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह