कोशी पीडितहरुको आन्दोलनमा राजनीतिक दलको समर्थन 

राजविराज राजविराज
|
बुधबार, श्रावण २२, २०७६
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  •     मुआब्जाका लागि कोशी पीडितहरुको तीन पुस्ता बितिसक्दा समेत भारत सरकारले कुनै पहल नगरेको भन्दै विगत लामो समयदेखी उनीहरु आन्दोलित हुँदै आएका छन् ।
  •       सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आन्दोलन कार्यक्रमबारे जानकारी दिने उद्देश्यले कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले सो समर्थन जनाएका हुन ।
  •       सो पत्रकार सम्मेलनमा सहभागी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राजपा, नेमकिपा, राप्रपा लगायत दलका प्रतिनिधिहरुले कोशी पीडितहरुको जायज माग पुरा गराउन सारेको आन्दोलन कार्यक्रममा सहयोग गर्ने प्रतिबद्घता जनाए ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 
    सप्तकोशी निमार्णका क्रममा भारत सरकारले अधिग्रहण गरेको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा बर्षौ वितिसक्दा समेत नपाएको भन्दै कोशी पीडितहरुले घोषणा गरेको आन्दोलनमा सप्तरीका राजनीतिक दलहरु समर्थन जनाएका छन् । 
    मुआब्जाका लागि कोशी पीडितहरुको तीन पुस्ता बितिसक्दा समेत भारत सरकारले कुनै पहल नगरेको भन्दै विगत लामो समयदेखी उनीहरु आन्दोलित हुँदै आएका छन् ।  
    सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आन्दोलन कार्यक्रमबारे जानकारी दिने उद्देश्यले कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले सो समर्थन जनाएका हुन । 
    सो पत्रकार सम्मेलनमा सहभागी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राजपा, नेमकिपा, राप्रपा लगायत दलका प्रतिनिधिहरुले कोशी पीडितहरुको जायज माग पुरा गराउन सारेको आन्दोलन कार्यक्रममा सहयोग गर्ने प्रतिबद्घता जनाए । 
    मुआब्जाका लागि दशकौंदेखि संघर्षरत कोशी पीडितहरुले तिन पुस्ता वितिसक्दा पनि अझै मुआब्जा पाउन नसकेको भन्दै विभिन्न सात बुँदे माग सहित गत १३ साउनमा राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । 
    नेकपामा मानपुर चौधरी नेपाली काँग्रेसका रामकुमार यादव राजपका अमरनाथ मण्डल लगायतका नेताले कोशी पीडितको आन्दोलनमा काँधमा काँध मिलाएर अघि बढने प्रतिबद्घता जनाए । 
    कोशी नदी कटान डुवान पिडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको तर्फबाट संयुक्त रुपमा प्रधानमन्त्रीलाई पठाईएको ज्ञापन पत्रमा नेपाल भारत विचको सम्झौता कार्यान्वयन हुुनपर्ने, कोशी प्रभावित परिवारका लागि विद्यालय र अस्पताल खोल्नु पर्ने, सप्तकोशीको बाढीले पुर्याएको क्षति तथा सप्तकोशी नदीमा पुल निर्माणका क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरी, सुनसरी र उदयपुर बासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा उपलब्ध गराउनु पर्ने माग गरिएको थियो । 
    सोही ज्ञापनपत्र मार्फत माग पुरा गराउन ठोस पहल नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको थियो । तर ज्ञापनपत्र उपर हाल सम्म कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनमा जानु परेको पत्रकार सम्मेलनमा कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले बताए । 
    समितिद्वारा पत्रकार सम्मेलनमा घोषित आन्दोलन कार्यक्रम अनुसार ३२ साउनमा बिहानै देखि प्रदेश नं. १ को सुनसरी र प्रदेश २ को सप्तरी बिच रहेको कोशी ब्यारेज खण्डमा विशाल विरोध सभा, चक्का जाम, धर्ना र रिले अनसन लगायतका कार्यक्रम गरिने जानकारी दिइएको छ । 
    राजनीतिक दलहरुको समर्थन पाएपछि संयोजक चौधरीले यस पटकको आन्दोलन भावी पुस्ताले फेरी पनि आन्दोलन गर्न नपरोस भन्ने ढंगले अघि बढ्ने र निर्णायक हुने उद्घोष गरे ।
    सन् १९४४ मा सप्तरी र सुनसरीको सिमानामा भारत सरकारद्वारा सप्तकोशी नदीमा ५६ ढोका सहित कोशी ब्यारेज पुल निर्माण गरिएको थियो । सो क्रममा भारत सरकारले अधिग्रहण गरेको स्थानियबासीको हजारौं विगहा जग्गाको मुआब्जा हाल सम्म पीडिहरुले पाउन सकेका छैनन् । 
    यस बाहेक प्रत्येक वर्ष बर्षायाममा सुनसरीको चतरादेखि सप्तरीको रम्पुरा मल्हनिया सम्मको ४८ हजार विगहामा लगाईएको बालीनाली र विभिन्न खाद्यान्न बाली कोशीको पानीले डुबाउने गरेको कोशी पीडितहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु