एक सय ३५ विपन्न छोरीलाई साइकल

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
  •     कार्यक्रममा बोल्दै मन्त्री साहले छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याए ।
  • उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं । 
    बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका स्थित श्री महाविर उच्च माविका छात्राहरुलाई सोमबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले साइकल वितरण गरेका छन् ।
    विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै मन्त्री साहले छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याए । उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको जानकारी दिए । उनले साइकलको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह समेत गरे ।
    समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको भन्दै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरु सँग पनि आग्रह गरे ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ