भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 

राजविराज राजविराज
|
मंगलबार, भाद्र १७, २०७६
|
|
७९ पटक हेरिएको
Shares
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 

सारांश

  •     छिन्नमस्ता भगवती मन्दिरमा गत असार २९ गते लागेको मेलाबाट स्थानीय २१ बर्षिय दिपक यादवले जिवछीलाई भगाएर भारततर्फ लगेका थिए ।
  •       पीडित जिवछीकी आमा कंचनदेवी साहले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफूहरु अन्यायमा परेको भन्दै दुखेसो पोखेकी छिन् ।
  •       दिपकले जिवछीसँग विवाह गरी करिब २ महिना भारतको अमृतसरमा बसेर छोरीलाई गर्भवती बनाई गर्भपतन समेत गराएर काका श्याम यादव मार्फत छिन्नमस्ता गाउँपालिका स्थित प्रहरी चौकीमा ल्याएर छाडिदिएको उनले बताईन् ।

दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
    एक नाबालिकालाई मेलाबाट भगाएर गर्भवती बनाई अलपत्र छाडेपछि उनी बिच्चलीमा परेकी छिन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासी १७ वर्षिया जिवछी कुमारी साहको विच्चली भएको हो । 
    छिन्नमस्ता भगवती मन्दिरमा गत असार २९ गते लागेको मेलाबाट स्थानीय २१ बर्षिय दिपक यादवले जिवछीलाई भगाएर भारततर्फ लगेका थिए । 
    पीडित जिवछीकी आमा कंचनदेवी साहले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफूहरु अन्यायमा परेको भन्दै दुखेसो पोखेकी छिन् । 
    दिपकले जिवछीसँग विवाह गरी करिब २ महिना भारतको अमृतसरमा बसेर छोरीलाई गर्भवती बनाई गर्भपतन समेत गराएर काका श्याम यादव मार्फत छिन्नमस्ता गाउँपालिका स्थित प्रहरी चौकीमा ल्याएर छाडिदिएको उनले बताईन् । 

    कंचनदेवीले छोरीलाई दिपक र उनका परिवारजनले घर भित्राउनु पर्ने माग गर्दै माईती घरमा लैजान पनि केटासँग भागेकी केटीको अरुसित विवाह सम्भव नहुने भएका कारण दिपककै घरमा भित्राउनु पर्ने उनको माग छ । 
    दिपक र उनका परिवारजनले छोरीलाई स्वीकार गर्नुपर्ने माग गर्दै आएकी उनले सोही कारणले प्रहरीमा रहेकी छोरीलाई बुभ्mन अस्वीकार गरेकी छिन् । यता जिवछी विगत ४ दिनदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको प्रहरी निरिक्षक प्रकाश बस्नेतले जानकारी दिएका छन् । 
    सोही पत्रकार सम्मेलनमा कंचनले छोरीलाई न्याय दिलाउन आफुहरुले घटनाको दुई दिनमै प्रहरीमा निवेदन दिएको तर हालसम्म पिडक पक्षलाई प्रहरीले पक्राउ गर्न अग्रसरता नदेखाएको गुनासो पोखिन् । 
    यस्तै प्रहरी निरिक्षक बस्नेतले केटी नाबालिक भएकाले दिपक र जिवछीको विहे गराईदिने कुरामा कानुनी जटिलता देखिएको जानकारी दिए । यद्यपी मानवीय आधारमा प्रहरीले गर्न सक्ने सबै पहल गरी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान