न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०७६
|
|
६९ पटक हेरिएको
Shares
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ

सारांश

  •     राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
  •     जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
  •     कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
    उच्च अदालत जनकपुर राजबिराज ईजलासका बरिष्ठतम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनतालाई सहज न्याय सम्पादनसँगै न्यायपालिकालाई छिटोछरितो बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् ।
    राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
    जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
    कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।
    यसैगरी उच्च अदालत जनकपुरका रजिष्टार रोशनकुमार भट्टराईले उच्च अदालतले दुई बर्षको मुद्दा शुन्यमा झारेको बताउदै बमोजिम जिल्लामा ७२ प्रतिशत मुद्दा फर्छाैटमा सफलता पाएको बताए । जनतालाई न्यायप्रति थप बिश्वास दिलाउन गाउँ र टोलटोलमा अदालत जाने कार्यक्रम गर्दै आएको उनले जानकारी समेत दिए ।
    कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादब, बारका पूर्व अध्यक्ष बिजय कुमार यादब, अधिवक्ता बोधकृष्ण भगत, अधिवक्ता देब नारायण यादबलगायतले संविधान, कानुन र न्यायका मान्य, सिद्वान्त प्रति उत्तर दायित्व रहेर जनतालाई छिटो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
आगलागिमा १० लाख बराबरको क्षति
आगलागिमा १० लाख बराबरको क्षति
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत