लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
१७२ पटक हेरिएको
Shares
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि

सारांश

  • मंगलबार सम्पन्न फाइनल खेलमा लिटिल एन्जलले बीपी माध्यमिक विद्यालय भारदहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
  • राजबिराजस्थित पविमाविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बीपी माविले १९ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनको योगफल तयार गरेको थियो ।
  • बीपी माविका लागि मिथलेश कापैरले अविजित ३३ रनको योगदान दिए भने रोशन रायले २१ तथा विशालकुमार दासले १९ रन बनाए ।
दैनिक समाचारदाता
राजविराज, २ असार । 
विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि लिटिल एन्जलको जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा लिटिल एन्जलले बीपी माध्यमिक विद्यालय भारदहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
राजबिराजस्थित पविमाविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बीपी माविले १९ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनको योगफल तयार गरेको थियो । बीपी माविका लागि मिथलेश कापैरले अविजित ३३ रनको योगदान दिए भने रोशन रायले २१ तथा विशालकुमार दासले १९ रन बनाए ।
लिटिल एन्जलका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई मध्यम स्कोरमा सीमित गरेका थिए । अभिमन्यु सरदार, ऋषव मण्डल र सुरज मण्डलले समान ३–३ विकेट लिए भने गोपाल मण्डलले १ विकेट हात पारे ।
एक सय ९ रनको लक्ष्य पछ्याएको लिटिल एन्जलले १४ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित निकालेको थियो । टोलीको जितमा शिव अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै निवेश मण्डलले २९ रन तथा ऋषव यादवले १६ रनको योगदान दिएका थिए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिव अधिकारी ‘प्लेयर अफ द फाइनल’ घोषित भए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, सदस्य डम्बर नारायण दास, संजय कार्की लगायतको उपस्थिति रहेको थियो । उनीहरूले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोली लिटिल एन्जलले आगामी असार ६ गतेदेखि सञ्चालन हुने मधेश प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगितामा सप्तरी जिल्लाको प्रतिनिधित्व गर्नेछ ।
जेठ २३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयको सहभागिता रहेको थियो । सप्तरी क्रिकेट संघको समन्वयमा सञ्चालित प्रतियोगिता सबल नेपाल तथा ‘क्रिकेट फर इक्वालिटी (समानताका लागि क्रिकेट)’ कार्यक्रमको सहयोगमा आयोजना गरिएको सबल नेपालका कार्यक्रम संयोजक नवनीत जयसवालले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
हस्तलेखन कलाले जगाएको उत्साह
हस्तलेखन कलाले जगाएको उत्साह
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने 
नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने 
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित