पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
१४ पटक हेरिएको
Shares
पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा

सारांश

  • दैनिक समाचारदाता राजविराज, ३ असार ।
  •   मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेकी छिन् ।
  • मधेश प्रदेश आमसञ्चार प्राधिकरणद्वारा आयोजित ‘संघीयता सबलीकरणबारे समाचार लेखन’ विषयक दुई दिने आवासीय कार्यक्रमको बुधबार धनुषाको ढल्केबरमा उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।
दैनिक समाचारदाता
राजविराज, ३ असार । 
मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेकी छिन् ।
मधेश प्रदेश आमसञ्चार प्राधिकरणद्वारा आयोजित ‘संघीयता सबलीकरणबारे समाचार लेखन’ विषयक दुई दिने आवासीय कार्यक्रमको बुधबार धनुषाको ढल्केबरमा उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।
उनले पत्रकारलाई लोकतन्त्रका निस्वार्थ पहरेदारको संज्ञा दिँदै भनिन्, ‘पत्रकार बिना वर्दीका पहरेदार हुन् । धेरै मानिस प्रहरीभन्दा पत्रकारसँग बढी जवाफदेही हुन बाध्य हुन्छन् । पत्रकारले कलम नचलाउने हो भने समाज अन्धकारतर्फ जान्छ ।’
मन्त्री थापाले संघीयताले महिला, बालबालिका तथा पछाडि पारिएका समुदायलाई अधिकारको पहुँचमा ल्याएको उल्लेख गर्दै नेपालमा संघीय व्यवस्था थप सुदृढ हुनुपर्ने धारणा राखिन् ।
उनले राज्यका विभिन्न निकायमा पहुँचबाट वञ्चित समुदाय, दोभाषे सेवा आवश्यक पर्ने नागरिक तथा नागरिक अधिकारको सुनिश्चितताका लागि समेत संघीयता अपरिहार्य रहेको बताइन् ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले सञ्चार क्षेत्रको संस्थागत विकास तथा पत्रकारको क्षमता अभिवृद्धिका लागि प्राधिकरण निरन्तर सक्रिय रहेको बताउँदै सीमित स्रोतसाधनका बाबजुद पत्रकारलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
उनले पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास र सेवा सुविधा विस्तारका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताउँदै संघीयता किन आवश्यक छ र यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा गम्भीर बहस हुनुपर्ने आवश्यकता समेत औँल्याए ।
संघीय संरचनाको प्रभावकारिता बढाउन मन्त्रालय तथा प्रशासनिक संरचनाको पुनरावलोकनबारे पनि राष्ट्रिय स्तरमा छलफल आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रशिक्षक प्राध्यापक खिमलाल देवकोटा र सञ्चारविद् भोगेन्द्र झाले संघीयताको अवधारणा यसको विकासक्रम तथा संघीय शासन व्यवस्थामा सञ्चारमाध्यमको भूमिकाबारे सहजीकरण गरेका थिए । उनीहरूले संघीयता सम्बन्धी विषयलाई तथ्य, प्रमाण र जनसरोकारसँग जोडेर समाचार लेख्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट सहभागी सञ्चारकर्मीलाई संघीय शासन व्यवस्था, संवैधानिक अधिकार, प्रदेश र स्थानीय सरकारको भूमिका तथा संघीयतासँग सम्बन्धित विषयमा समाचार लेखनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइने छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।

झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 

प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 

मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह