अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

सारांश

  • उक्त पोखरीमा विगतमा गाउँलेहरु नुहाउने, पशु चौपायालाई पानी खुवाउने, आगलागीका बेला पानी निकाल्ने, छठको बेला घाट बनाई पुजापाठ लगायतका कार्य हुने गरेको थियो ।
  • तर अहिले पोखरीमा माटो भर्दै तथा पोखरी डिलमा केही स्थानीय ब्यक्तीले कब्जा गरी घर निर्माण समेत गर्दा ती सबै कार्य प्रभावित भएको स्थानीय शत्रुघन ठाकुरले जानकारी दिएका छन् ।
  • अर्का स्थानीयवासी जलेश्वर ठाकुरले यसरी गाउँको सौन्दर्यता तथा मौलिकता मै लोप हुने गरी सार्वजनिक पोखरी र इनार अतिक्रमण गर्ने तथा मास्ने कार्य तिब्र बनेपछी केही जागरुक यूवाहरु विरोधमा उत्रेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. २ सिम्रहा टोलमा पछिल्लो समय गाउँको ऐतिहासिक विरवल पोखरी अतिक्रमणको चपेटामा परेको छ ।
उक्त पोखरीमा विगतमा गाउँलेहरु नुहाउने, पशु चौपायालाई पानी खुवाउने, आगलागीका बेला पानी निकाल्ने, छठको बेला घाट बनाई पुजापाठ लगायतका कार्य हुने गरेको थियो । तर अहिले पोखरीमा माटो भर्दै तथा पोखरी डिलमा केही स्थानीय ब्यक्तीले कब्जा गरी घर निर्माण समेत गर्दा ती सबै कार्य प्रभावित भएको स्थानीय शत्रुघन ठाकुरले जानकारी दिएका छन् ।
अर्का स्थानीयवासी जलेश्वर ठाकुरले यसरी गाउँको सौन्दर्यता तथा मौलिकता मै लोप हुने गरी सार्वजनिक पोखरी र इनार अतिक्रमण गर्ने तथा मास्ने कार्य तिब्र बनेपछी केही जागरुक यूवाहरु विरोधमा उत्रेको बताए ।
उनले पछिल्लो पटक विरवल पोखरीको डिलको जग्गा अतिक्रमण गर्ने किसन ठाकुर, पलट ठाकुर, विन्देश्वर ठाकुर र दिनेश ठाकुर लगायतका ब्यक्ती उपर सप्तरी जिल्ला अदालतमा मुद्दा नै चलेको बताए । कतै कुनै सुनुवाई नभएपछि आफुहरुले ती ब्यक्ती उपर सार्वजनिक एलानी पोखरी डिल जग्गाको अतिक्रमण खिचौला मेटाई घर उठाई चलन मुद्दा चलाएको उनको भनाई छ ।
उनले सार्वजनिक पोखरीमा माटो भर्ने र डिलमा रहेको जग्गाममा भवन निर्माण गर्न थालेपछी विरोध गर्दा उल्टै ती ब्यक्तीहरुबाट दुब्र्यहार र हातपात भएको सुनाए ।
स्थानीयवासीका अनुसार ठाकुर परिवार र केही अन्य ब्यक्तीले कित्ता नं. ४४९ भित्रको सो पोखरीको डिलको अधिकांश जग्गा कब्जा गरी पक्की भवन नै निर्माण गरिसकेका छन । उनीहरुको देखासिकी केही थप ब्यक्तीहरुले पनि बाकी रहेको जग्गा घेरवार गर्दै घर भवन निर्माण गर्ने तयारीमा जुटेका छन ।
स्थानीयका अनुसार अतिक्रमणकारीहरुले अदालतको आदेश विपरीत सार्वजनिक पोखरीको जग्गा मास्ने र अतिक्रण गर्ने कार्यलाई निरन्तरता दिएपछी अहिले अदालतको आदेशको अवज्ञा गरेको भन्दै अवहेलनाको अर्काे मुद्दा पनि हालिएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्नेमा सरोकारवाला निकाय मौन वसिरहदा अतिक्रमणको मनोवल बढदै गएको स्थानीयले अविलम्ब ऐतिहासिक पोखरीमा भएको कब्जा खिचौला मेटाइ र घर उठाई गरी गाउँको मौलिकता जोगाउन र सार्वजनिक सम्पतीको रक्षा गरिनु पर्ने माग गरेका छन ।
कूनै बेला इनारै इनार र पोखरीले भरिभराउ गाउँको रुपमा परिचित सिम्रहा गाउँ अहिले पोखरी र इनार विहीन गाउँको रुपमा परिणत हुन थालेको छ । यसको प्रमुख कारण स्थानीय केही ब्यक्तीद्वारा भइरहेको अतिक्रमण । गाउँलेहरुका अनुसार यस गाउँमा सुरुमा ४२ वटा सार्वजनिक पोखरी र करिब दुई दर्जन इनार थिए । तर अतिक्रमणको चपेटामा पर्दै गएपछी पोखरी घटेर अहिले २०÷२१ को संख्यमा पुगेको छ ।
यस्तै अतिक्रमणमा परेर अहिले इनारको संख्या पनि एक दर्जनमा सिमित हुन पुगेको छ । स्थानीयवासी नवल किशोर यादवका अनुसार पोखरी र इनार अतिक्रमण गरी मासिदै गएपछि गाउँको सौन्दर्यकरण पनि घटदै गएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह