पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
१५० पटक हेरिएको
Shares
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव

सारांश

  • शुक्रबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा मधेशवादी दलहरू मन्त्री पद र सत्ताको स्वार्थका लागि फुटेको आरोप लगाएका हुन् ।
  • उनले विचार र सिद्धान्तका आधारमा नभई व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएको उल्लेख गरे ।
  • मधेशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा चुनावमा प्रतिकूल परिणाम भोग्नुपरेको उनले जिकिर गरे ।
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदको लोभले मधेशवादी दल फुटेको आरोप लगाएका छन् ।
शुक्रबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा मधेशवादी दलहरू मन्त्री पद र सत्ताको स्वार्थका लागि फुटेको आरोप लगाएका हुन् ।
उनले विचार र सिद्धान्तका आधारमा नभई व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएको उल्लेख गरे ।
मधेशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा चुनावमा प्रतिकूल परिणाम भोग्नुपरेको उनले जिकिर गरे । जनताले दल र नेतृत्वको कार्यशैलीको मूल्यांकन गरेर मतदान गर्ने भएकाले विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष यादवले अब पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू सचिएर जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए । उनले पार्टीभित्र अनुशासन, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यसो नगरे पार्टीको भविष्य नै संकटमा पर्न सक्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
रुपनी मेयर कपको फाइनलमा 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन