प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
४२६ पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग

सारांश

  • बाटो सम्बन्धी समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितकाले आफुमाथि आक्रमण गरेको पत्रकार यादवले जानकारी दिएका छन् ।
  • जिल्लाको महादेवा गाउँपालिका १ स्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडो पुल नजिक रहेको चिया पसलमा बिहान ६ बजेतिर पत्रकार यादव स्थानीयहरुसँग कुराकानी गरिरहेको बेला सुरेन्द्रसहितका ५ जनाको समहूले एक्कासी हेलमेटले आक्रमण गरेका थिए ।
  • आक्रमणबाट उनलाई बचाउन खोज्दा चिया पसले बिना कुमारी यादव समेत घाइते भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असार ।
नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र दैनिकका सम्वाददाता देवराम यादवमाथि शनिबार बिहान आक्रमण भएको छ ।
बाटो सम्बन्धी समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितकाले आफुमाथि आक्रमण गरेको पत्रकार यादवले जानकारी दिएका छन् ।
जिल्लाको महादेवा गाउँपालिका १ स्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडो पुल नजिक रहेको चिया पसलमा बिहान ६ बजेतिर पत्रकार यादव स्थानीयहरुसँग कुराकानी गरिरहेको बेला सुरेन्द्रसहितका ५ जनाको समहूले एक्कासी हेलमेटले आक्रमण गरेका थिए ।
आक्रमणबाट उनलाई बचाउन खोज्दा चिया पसले बिना कुमारी यादव समेत घाइते भएकी छिन् । उनलाई पनि आक्रमणकारीहरुले हेलमेटले कुटपिट गरेका छन् । पत्रकार यादवसहित चिया पसले बिनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइहरकेको छ ।
कुटपिटबाट पत्रकार यादवको दुबै हात तथा शरीरको अन्य भागमा चोट लाग्नुका साथै टाउँकोमा समेत चोट लागेको छ । यस्तै चिया पसले बिनालाई शरीरको विभिनन स्थानका साथै टाउँकोमा पनि गम्भिर चोट लागेको छ ।
यसैबीच उक्त घटनाको बिरोधमा नेपाल पत्रकार महासंघ सप्तरीले आक्रमण गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याएर कडा कारवाहीको स्थानीय प्रशासनसँग माग गरेको छ ।
महासंघका कार्यवाहक सचिव डम्बर राईद्वारा जारि विज्ञप्तिमा ‎आफ्नो पेशागत जिम्मेवारीमा खटिरहेका पत्रकार माथि कुटपिट गरेको घटनाको हामी घोर भत्र्सना र निन्दा गरिएको छ ।
विज्ञप्तिमा “नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।” उल्लेख छ ।
साथै कुटपिटबाट गम्भीर घाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उनको उपचारको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दै दोषीलाई अबिलम्ब पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाइए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस सगठनले पनि विज्ञप्तिमा जारि गर्दै घटनाका दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते