एकल महिलालाई सशक्तिकरण तालिम

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
१५ पटक हेरिएको
Shares
एकल महिलालाई सशक्तिकरण तालिम

सारांश

  • दैनिक समाचारदाता राजविराज, १० असार ।
  • महिला सशक्तिकरण गर्ने उद्देश्यले सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘एकल महिला सशक्तिकरण तालिम’ बुधबारदेखि सुरु भएको छ ।
  • पाँच दिनसम्म चल्ने उक्त तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले उद्घाटन गरे ।
दैनिक समाचारदाता
राजविराज, १० असार ।
महिला सशक्तिकरण गर्ने उद्देश्यले सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘एकल महिला सशक्तिकरण तालिम’ बुधबारदेखि सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने उक्त तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले उद्घाटन गरे ।
दुई सय एकल महिला सहभागी रहेको तालिममा प्रमुख अतिथि गुप्ताले समाजमा एकल महिला प्रति नकारात्मक अबधारणाहरु रहेको बेला यस्तो तालिमले त्यसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । “एकल महिलाहरु बडो कठिनाई र चुनौतीहरुको सामना गरि रहेका हुन्छिन, यस अवस्थामा यस्तो कार्यक्रमले एकल महिलाहरुको उत्साह बढाउन मद्दत गर्नेछ” उनले भने ।
एकल महिला आत्मनिर्भरता तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ठाकुरले एकल महिलाहरुलाई समाजको मूख्य धारामा ल्याउन केन्द्रले प्रयास गरि रहेको बताईन् । उनले केन्द्रले यस्ता कार्यक्रम अरु पालिकाहरुमा पनि गर्दै आएको जानकारी दिदै कञ्चनरुपमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको उल्लेख गरिन् ।
मैथिली साहित्य परिषद सप्तरीका पूर्व अध्यक्ष तथा यस तालिमको प्रशिक्षक समेत रहेका अधिवक्ता सतीश कुमार दत्तले कार्यक्रममा शुभकामना मनतव्य राख्दै महिलाहरु एकल हुने परिस्थितिको विभिन्न कारण रहे खुशीले कोही पनि एकल हुन नचाहेको बताए । उनले एकल महिलाको जीवन संघर्षका बेला समाजका सबै व्यक्तिले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिकाको सहयोगमा एकल महिला आत्म निर्भरता तथा पुनस्र्थापना केन्द्रले आयोजना गरेको तालिम पाँच दिन सम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन