वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
५१७ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 

सारांश

  • राजविराज नगरपालिकाको समन्वय तथा इन्स्योर परियोजनाको सहयोगमा संचालित उक्त तालिम आइतबार सम्पन्न भएको हो ।
  • माउ स्किल्स एकेडेमीद्वारा सञ्चालन तथा इन्स्योर परियोजनाको प्राविधिक तथा वित्तीय सहयोगमा आयोजित तालिममा वैदेशिक रोजगारीबाट फर्किएका २० जना पुरुषको सहभागिता रहेको थियो ।
  • बजारको आवश्यकता अनुरूप एसी तथा रेफ्रिजेरेशन क्षेत्रमा कार्यरत फर्किएका आप्रवासी युवाहरूको प्राविधिक सीप अभिवृद्धि गरी उनीहरूको रोजगारी तथा आयआर्जनका अवसर वृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष कुमार यादवले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, १४ असार । 
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई एसी तथा रेफ्रिजेरेशन मर्मत सम्बन्धी ९६ घण्टे सीप स्तरोन्नति तालिम दिइएको छ ।
राजविराज नगरपालिकाको समन्वय तथा इन्स्योर परियोजनाको सहयोगमा संचालित उक्त तालिम आइतबार सम्पन्न भएको हो ।
माउ स्किल्स एकेडेमीद्वारा सञ्चालन तथा इन्स्योर परियोजनाको प्राविधिक तथा वित्तीय सहयोगमा आयोजित तालिममा वैदेशिक रोजगारीबाट फर्किएका २० जना पुरुषको सहभागिता रहेको थियो ।
बजारको आवश्यकता अनुरूप एसी तथा रेफ्रिजेरेशन क्षेत्रमा कार्यरत फर्किएका आप्रवासी युवाहरूको प्राविधिक सीप अभिवृद्धि गरी उनीहरूको रोजगारी तथा आयआर्जनका अवसर वृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष कुमार यादवले जानकारी दिए ।
स्थानीय तहमा सीपयुक्त जनशक्ति उत्पादन, फर्किएका आप्रवासी युवाहरूको पुनःएकीकरण, रोजगारी प्रवद्र्धन तथा आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
आगामी आर्थिक वर्षमा यस्ता सीप विकास तालिमका लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने तथा विभिन्न परियोजना र साझेदार संस्थासँग सहकार्य गरी सीप सिक्न इच्छुक युवाहरूका लागि थप रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न नगरपालिकाले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
तालिम अवधिभर सहभागीहरूले आधुनिक उपकरणको प्रयोग, मर्मत प्रविधि, व्यावसायिक सुरक्षा तथा गुणस्तरीय सेवा प्रवाहसम्बन्धी व्यावहारिक ज्ञान र सीप दिइएको छ । तालिमबाट प्राप्त सीपले सहभागीहरूको पेशागत दक्षता अभिवृद्धि भई उनीहरूको आयआर्जन तथा स्वरोजगारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 

छुटाउनुभयो कि ?

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग