कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
२१ पटक हेरिएको
Shares
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.
  • ४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
  • गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।
कारागार कार्यालय सप्तरीको सुरक्षामा खटिएका एक प्रहरी जवान घाइते भएका छन् । ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो । सो अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गरेका छन् । उनले घटनालगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको जानकारी दिँदै घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?