कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.
  • ४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
  • गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।
कारागार कार्यालय सप्तरीको सुरक्षामा खटिएका एक प्रहरी जवान घाइते भएका छन् । ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो । सो अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गरेका छन् । उनले घटनालगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको जानकारी दिँदै घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न