सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
११९ पटक हेरिएको
Shares
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने

सारांश

  • मिस्ट्री डान्स गाइज विराटनगरको आयोजना तथा सप्तरी कालाकार संघ नेपालको समन्वयमा उक्त शो सञ्चालन हुन लागेको हो ।
  • भदौ ६ गते देखि अडिसन कार्यक्रम सुरु गर्न लागिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनको आयोजन गरी जानकारी दिएको छ ।
  • मोडलिङ्गमा रुचि भएका, विभिन्न कारणले क्षमता देखाउने अवसर नपाएका तथा उनीहरुको क्षमता, व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले उक्त शो को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, २ साउन । 
सप्तरीमा पहिलो पटक बालबालिकाको क्षमता तथा व्यक्तित्व विकास, अभिवृद्धि र प्रतिभा मार्फत छुट्टै पहिचान स्थापितका लागि लिटिल स्टार्स शो २०२६ को आयोजना हुने भएको छ ।
मिस्ट्री डान्स गाइज विराटनगरको आयोजना तथा सप्तरी कालाकार संघ नेपालको समन्वयमा उक्त शो सञ्चालन हुन लागेको हो । भदौ ६ गते देखि अडिसन कार्यक्रम सुरु गर्न लागिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनको आयोजन गरी जानकारी दिएको छ ।
मोडलिङ्गमा रुचि भएका, विभिन्न कारणले क्षमता देखाउने अवसर नपाएका तथा उनीहरुको क्षमता, व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले उक्त शो को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
शो को ग्राण्ड फिनाले भने असोज १० गते राजविराजस्थित शिवशंकर चलचित्र मन्दिर भवनमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष संजीव सहनी (ज्याक)ले जानकारी दिए ।
सप्तरीमा पहिलो पटक आयोजना हुन लागेको उक्त शो मा ६ देखि ९ तथा १० देखि १४ बर्ष उमेर समूहका गरी दुई समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका कार्यक्रम निर्देशक रौनक अग्रबालले जानकारी दिए ।
शो मा सहभागीहरुलाई तीन चरणमा २८ दिनको तालिम पनि दिईनेछ । उनीहरुलाई कोरियोग्राफर, फोटोग्राफर, डान्सर तथा विभिन्न बिषयका विज्ञ प्रशिक्षकबाट तालिम प्रदान गरी ग्राण्ड फिनाले का लागि छनौट गरिने कार्यक्रम निर्देशक अग्रवालको भनाई छ ।
शो मा सहभागी हुनेले दर्ता वापत पाँचसय र तालिम बापत ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने निर्देशक अग्रवालले बताए । उनले उक्त शो जित्न भन्दा पनि सिकाउनका लागि र प्रतिभा खोज्नका लागि आयोजना गर्न लागिएको बताएका छन् ।
ग्राण्ड फिनाले अन्तर्गत वाक कला, हाजिरी जवाफ, प्रश्नोत्तर, हाउभाउ, व्यक्तित्व, कला, नृत्य र प्रस्तुती लगायतका मुल्यांकन विधि प्रयोग गरिने तथा निर्णयक मंडलीबाट विजेयताको छनौट गर्ने आयोजक संस्थाका सदस्य साहिल खानले जानकारी दिए ।
उक्त शो राजविराजपछि क्रमशः जनकपुर, पोखरा, धनकुट्टा, चितवन, काठमाडौं र विराटनगरमा हुने तथा त्यसपछि छनौट भएकाहरुबीच नेपाल लिटिल स्टार्स शो को आयोजना गरिने छ । उक्त शो मा छनौट भएकाले अन्तारिष्ट्रय लिटिल स्टार्स शो मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न
भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी 
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी 
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?