सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
२१ पटक हेरिएको
Shares
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 

सारांश

  • प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
  • घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए ।
  • यसअघि उक्त टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए ।
यसअघि उक्त टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन गरिसकिएको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको जनाएको हो ।
आयोगका अनुसार पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा उग्र बन्दै दुई पक्षबीच ढुङ्गामुढा र तोडफोड भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी आयोगले प्राप्त गरेको जनाएको छ ।
घटनाको विरोधमा विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारी लाठी र रडसहित सडकमा उत्रिएपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्ति–सुरक्षाको अवस्था मजबुत बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।
साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि आयोगले अनुरोध गरेको छ ।
आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
यस्तै गृह मन्त्रालयले सुनसरीमा घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बेल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने