तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
१७६ पटक हेरिएको
Shares
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ

सारांश

  • जिल्लाको शम्भुनाथ नगरपालिका ३ मा मो.
  • इरफानको तीन वर्षिया छोरी सनिया खातुनको शव फेला रहेको प्रहरीले जनाएको छ ।
  • सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले अनुसन्धानका क्रममा मृतक बालिकाकी सौतेनी आमा १९ वर्षिया मुस्कान खातुनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ७ भदौ । 
बाराको जितपुर सिमरामा एक नाबालिकाको बलात्कारपछी हत्या भएको घटना सेलाउन नपाउँदै आइतबार बिहान सप्तरीमा एक तीन वर्षिया नाबालिकाको शव फेला परेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका ३ मा मो. इरफानको तीन वर्षिया छोरी सनिया खातुनको शव फेला रहेको प्रहरीले जनाएको छ ।
सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले अनुसन्धानका क्रममा मृतक बालिकाकी सौतेनी आमा १९ वर्षिया मुस्कान खातुनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन् ।
प्रहरीका अनुसार आईतवार बिहान ११ बजे तिर इरफानको घरबाट करिब ६०÷७० मिटरको दुरीमा रहेको झाडीमा सनियाको मृत शरीर फेला परेको छ ।
बिहान ९ बजेसम्म उनी घरमै खेलिरहेको र त्यसपछि अचानक सम्पर्कविहिन भएको परिवारजनले बताएका छन् । स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सनियाको शरीरमा बाहिरी चोट नदेखिए पनि अन्य कुनै विधि प्रयोग गरी उनको हत्या गरी शव लुकाउन कसैले झाडीमा फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।
मृत्युको यकिन कारण भने पोष्टमार्टम रिर्पोट पछि मात्र भन्न सकिने प्रहरी उपरिक्षक खडकाले बताए ।
यसअघि भदौ २ गत बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरी मृत भेटिएकी थिइन् । साउन ३१ देखि हराएकी गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने १६ वर्षीय सुमन थापा र सिमरा–१ घर भएका २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान