तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
२८ पटक हेरिएको
Shares
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ

सारांश

  • जिल्लाको शम्भुनाथ नगरपालिका ३ मा मो.
  • इरफानको तीन वर्षिया छोरी सनिया खातुनको शव फेला रहेको प्रहरीले जनाएको छ ।
  • सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले अनुसन्धानका क्रममा मृतक बालिकाकी सौतेनी आमा १९ वर्षिया मुस्कान खातुनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ७ भदौ । 
बाराको जितपुर सिमरामा एक नाबालिकाको बलात्कारपछी हत्या भएको घटना सेलाउन नपाउँदै आइतबार बिहान सप्तरीमा एक तीन वर्षिया नाबालिकाको शव फेला परेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका ३ मा मो. इरफानको तीन वर्षिया छोरी सनिया खातुनको शव फेला रहेको प्रहरीले जनाएको छ ।
सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले अनुसन्धानका क्रममा मृतक बालिकाकी सौतेनी आमा १९ वर्षिया मुस्कान खातुनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन् ।
प्रहरीका अनुसार आईतवार बिहान ११ बजे तिर इरफानको घरबाट करिब ६०÷७० मिटरको दुरीमा रहेको झाडीमा सनियाको मृत शरीर फेला परेको छ ।
बिहान ९ बजेसम्म उनी घरमै खेलिरहेको र त्यसपछि अचानक सम्पर्कविहिन भएको परिवारजनले बताएका छन् । स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सनियाको शरीरमा बाहिरी चोट नदेखिए पनि अन्य कुनै विधि प्रयोग गरी उनको हत्या गरी शव लुकाउन कसैले झाडीमा फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।
मृत्युको यकिन कारण भने पोष्टमार्टम रिर्पोट पछि मात्र भन्न सकिने प्रहरी उपरिक्षक खडकाले बताए ।
यसअघि भदौ २ गत बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरी मृत भेटिएकी थिइन् । साउन ३१ देखि हराएकी गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने १६ वर्षीय सुमन थापा र सिमरा–१ घर भएका २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव