सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र १९, २०८३
|
|
४२० पटक हेरिएको
Shares
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सारांश

  • उनीसंगै काठमाडौं बालकुमारीका ४० बर्षीय कबीर महर्जनको पनि जिवितै उद्धार गरिएको छ ।
  • उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका साहको अवस्था सामान्य र स्थिर रहेको छ ।
  • यता उनको घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ साह टोलमा खुशियाली छाएको छ ।
दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार मेकानिकल फोरम्यान पदमा कार्यरत सञ्जय साहको उद्धार गरिएको छ ।
उनीसंगै काठमाडौं बालकुमारीका ४० बर्षीय कबीर महर्जनको पनि जिवितै उद्धार गरिएको छ ।
उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका साहको अवस्था सामान्य र स्थिर रहेको छ ।
यता उनको घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ साह टोलमा खुशियाली छाएको छ । उनका बुबा रामफल साह र आमा कपुर देवी साहसँग ३२ बर्षीय छोरा सञ्जय साह एक्कासी १० दिनपछि जिवितै उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजनले खुशी व्यक्त गरेका छन् ।
रोजगारीको शिलशिलामा सञ्जय तीन बर्ष अघि रसुवा पुगेका थिए । उनी रसुवास्थित त्रिशुली–३ ए जलविद्युत आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत छन ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका क्रममा उनी कार्यस्थल सुरुङ्ग भित्र फँसेका थिए । शुक्रबार विहान नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विज्ञहरुको संयुक्त टोलीले सञ्जयको जिवितै उद्धार गरेको थियो ।
विगत १० दिनदेखि खोजी गर्दा पनि नभेटिए पछि अप्रिय घट्ना भएको हुन सक्ने अनुमान लगाइएको आमा कपुरले सुनाईन् ।
सञ्जयका भाई संजीवले भाद्र १० गते विहान ७ ः४५ बजेतिर दाजुसँग अन्तिम पटक मोवाईलमा कुरा भएको सुनाए । “सुरुङ्गभित्र छिर्न लागेका बेला त्यहाँका केही दृश्यहरु हामीलाई देखाएको १०÷१५ सेकेण्ड नबित्दै स्वीच अफ भयो” उनले भने ।
सोही दिन १० बजेतिर भोटेकोशी नदीको भिषण बाढीले रसुवा र आसपास क्षेत्रमा ठूलो जनधनको क्षति भएको खवर आएपछि घर परिवारमा खैलाबैला मचेको उनले सुनाए ।
उनले दाजु सञ्जय धार्मिक प्रवृतीको मान्छे भएको र सो दिन सुरुङ्गमा फँसे देखि लगातार १० दिन सम्म श्रीमद् भागवत गीता पाठ बाचन गर्ने गरेको शुक्रबार आफूलाई अस्पतालबाट भएको फोन सम्पर्कमा सुनाएको बताए ।
सानी आमा पुनमले शुक्रबार बिहान १० बजे सामाजिक सञ्जाल मार्फत सञ्जयको सँकुशल उद्धार गरिएको खवर आएपछि अहिले आफन्तजन तथा इष्टमित्रबाट बधाईको ओइरो लाग्न थालेको सुनाईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
इतिहासविद् दासको निधन
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला