आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र २१, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

सारांश

  • आइतबार सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालकसँग सुझाव संकलन गरिएको हो ।
  • प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा र मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा तथा प्राधिकरणका सदस्य ज्योति झा लगायत सम्मिलित टोलीले भावी योजना बनाउन बनाउन मधेश प्रदेशका ८ वटै जिल्लामा पुगेर सञ्चारकर्मी र सञ्चारगृहका सञ्चालकहरुसंग छलफल र सुझाव संकलन गर्न थालेको जनाइएको छ ।
  • प्राधिकरणका अध्यक्ष खडाएस््गाले प्रदेश सरकारबाट प्राप्त बजेटबाट चाहे जति गर्न नसकिए पनि उपलब्ध बजेटबाटै प्रदेशका ८ वटै जिल्लाका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईने योजना रहेको बताए ।
दैनिक समाचारदाता
राजविराज, २१ भदौ । 
आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल मधेश प्रदेशको संयुक्त प्रयासमा भावी योजनाहरुबारे सुझाव संकलन थालिएको छ ।
आइतबार सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालकसँग सुझाव संकलन गरिएको हो ।
प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा र मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा तथा प्राधिकरणका सदस्य ज्योति झा लगायत सम्मिलित टोलीले भावी योजना बनाउन बनाउन मधेश प्रदेशका ८ वटै जिल्लामा पुगेर सञ्चारकर्मी र सञ्चारगृहका सञ्चालकहरुसंग छलफल र सुझाव संकलन गर्न थालेको जनाइएको छ ।
प्राधिकरणका अध्यक्ष खडाएस््गाले प्रदेश सरकारबाट प्राप्त बजेटबाट चाहे जति गर्न नसकिए पनि उपलब्ध बजेटबाटै प्रदेशका ८ वटै जिल्लाका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईने योजना रहेको बताए ।
उनले अर्थ मन्त्रालयबाट बजेट कटौती हुँदा सवभन्दा बढी लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानीमा असर पर्ने जानकारी दिँदै उक्त शिर्षकमा कम्तिमा एक करोड २० लाख बजेट छुट्टयाउन प्रस्ताव गरेकोमा ७० लाख मात्र छुट्टयाउँदा समस्या भएको सुनाए । उनले यसतर्फ सबै सञ्चारकर्मीले पनि आ–आफ्नो स्तरबाट पहल गरिनु जरुरी रहेको उल्लेख गरे ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष बन्दना झाले प्रदेश सरकारले सञ्चारक्षेत्रलाई बजेटको मामिलामा उपेक्षा गरेको गुनासो पोखिन् । उनले पहिले पनि थोरै बजेट रहेको जिकिर गर्दै यस पटक त झनै पचास प्रतिशत नै कटौती गर्ने कुरा आएकोले निरन्तर मन्त्रालयमा पुगेर थप बजेटका लागि दवाव बनाई रहेको बताइन् ।
मधेश प्रदेशमा सञ्चारक्षेत्रको विकासका लागि सुझाव संकलन गर्न थालिएको कार्यक्रममा सञ्चारकर्मी तथा सञ्चारगृहका सञ्चालकहरुले भोग्नु परिरहेको समस्याबारे जानकारी गराउँदै भावी कार्ययोजनामा प्राथमिकताका साथ समेटिनु पर्ने विषय बारे विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम