सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
५१ पटक हेरिएको
Shares
सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

सारांश

  • घट्नाको बुधबार ४१औं दिन पुगिसक्दा पनि उनीहरु अन्त्येष्टिका कुनै रितिरिवाज गरेका छैनन् ।
  • उक्त बस्तीका ३२ बर्षीय सुरेन्द्र सदा, ३० बर्षीय शिवकुमार सदा र ३४ बर्षीय बेचन सदा गत भदौ १० को बाढीमा परी बेपत्ता छन् ।
  • परिवारका एक÷एकजना व्यक्ति हालसम्म बेपत्ता रहेकोमा उनीहरु फर्केर आउने प्रतिक्षामा रहेकाले अन्त्येष्टि नगरिएको ती परिवारका आफन्तजनले बताएका छन् ।
दैनिक समाचारदाता
राजविराज, २१ असोज । 
गत भदौ १० गते रसुवास्थित भोटेकोशीको बाढीमा परी वेपत्ता भएका राजविराज नगरपालिका १६ वोरियास्थित सदा बस्तीका तीन परिवारले आफन्त जिबित्तै फर्केर आउने आश अझै मारेका छैनन् ।
घट्नाको बुधबार ४१औं दिन पुगिसक्दा पनि उनीहरु अन्त्येष्टिका कुनै रितिरिवाज गरेका छैनन् । उक्त बस्तीका ३२ बर्षीय सुरेन्द्र सदा, ३० बर्षीय शिवकुमार सदा र ३४ बर्षीय बेचन सदा गत भदौ १० को बाढीमा परी बेपत्ता छन् ।
परिवारका एक÷एकजना व्यक्ति हालसम्म बेपत्ता रहेकोमा उनीहरु फर्केर आउने प्रतिक्षामा रहेकाले अन्त्येष्टि नगरिएको ती परिवारका आफन्तजनले बताएका छन् ।
बाढीमा श्रीमान् सुरेन्द्र बेपत्ता भएपनि उनकी धर्मपत्नी दरोपती अझै १०÷१२ बर्ष बाटो हेरेर मात्र अन्त्येष्टिबारे सोच्ने बताउँछिन् ।
दुईसाता अघि बजारबाट बच्चाका लागि औषधि किनेर घर फर्किने क्रममा दरोपती चढेको सिटीरिक्सा दुर्घट्नामा पर्दा उनको बाँयाँ खुट्टामा गहिरो चोट लागेको छ ।
दरोपतिको छिमिेकी गुडिया सदाको श्रीमान् शिवकुमार सदा पनि सोही बाढीमा परी बेपत्ता भएकोमा अहिले सम्म अवस्था पत्ता लाग्न सकेको छैन् । उनले पनि श्रीमान् फर्केर आउने आश मारिसकेकी छैनन् ।
त्यस्तै अर्का छिमेकी सुभाष र निभा दाजु बहिनीको आमा फुलिया देवी सदाको क्यान्सर रोगबाट एक बर्ष अघि मृत्यु भएकोमा अहिले रसुवाकै बाढीमा बुवा बेचन सदा समेत बेपत्ता हुँदा झनै पीडा थपिएको छ ।
बुवा फर्केर आउनु हुने प्रतिक्षामा रहेका ती नवालक दाजु बहिनीले एकै स्वरमा भने–बेपत्ता हुनु भएका हाम्रो बुवा एक न एक दिन अवश्य फर्केर आउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रसुवाको बाढीमा परेर सप्तरीबाट मात्रै ५३ जना बेपत्ता भएका थिए ।
जसमध्ये एक जनाको मृत्यु भएको, ११ जनाको सँकुशल उद्धार गरिएको तथा ४१ जना अझै सम्पर्क बिहीन रहेका छन् । प्रहरी तथ्याङ्क अनुसार रसुवाको बाढीमा मधेश प्रदेशमा सबभन्दा बढी सप्तरीमा ४१ जना अहिले पनि सम्पर्कबिहीन छन् ।
त्यसपछि क्रमशः पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सिरहाका मानिस सम्पर्कबिहीनको सूचीमा देखिएका छन् । यता बाढीमा परेर ज्यान गुमाएका तथा लामो समयदेखि बेपत्ता भएका मध्ये अधिकांशका परिवारजनले आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
राजविराजमा पुस्तक मेला
राजविराजमा पुस्तक मेला
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी