दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना कामदार घाइते भएका छन् ।
सोमबार बिहान रुखको हाँगा काट्ने क्रममा शम्भुनाथ नगरपालिका ६ निवासी ३५ वर्षिय दिपु सदाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै करेन्ट लागेर अर्का कामदार सोही पालिकाको वडा नं. ७ निवासी ३० वर्षिय उपेन सदा घाइते भएका छन् । उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
रुखको हाँगा काट्ने क्रममा नजिकै रहेको विद्युतिय पोलमा टाँसेर हाइभोल्टेजको करेन्ट लागेर सो घटना भएको प्रहरीको भनाई छ ।
स्थानीयवासीका अनुसार श्रवण साहको निजि बगैचामा लगाइएको रुखको हाँगा काट्ने कार्यमा खटिएका उनीहरु अचानक विद्युतिय पोलमा झुण्डिएको तारमा टाँसिन पुगेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया