बालक मृत अवस्थामा फेला 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८३
|
|
८ पटक हेरिएको
Shares
बालक मृत अवस्थामा फेला 

सारांश

  • सोही वडाको कन्छुनरप्रताप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सोही वडाका १४ वर्षिय आदित्य कुमार मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
  • प्रहरीका अनुसार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा बिहीबार बिहान फेला परेको छ ।
  • बिहान अबेर सम्म ढोका भित्रबाट बन्द देखेपछी परिवारजनले झ्याल खोलेर हेर्दा छोरा पासो लगाई झुण्डिएको अवस्थामा देखिएको बुबा सोभितलालले बताए ।
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
सप्तरीको रुपनी गाउँपालिका वडा नं. २ स्थित एक बालक बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन ।
सोही वडाको कन्छुनरप्रताप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सोही वडाका १४ वर्षिय आदित्य कुमार मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा बिहीबार बिहान फेला परेको छ । बिहान अबेर सम्म ढोका भित्रबाट बन्द देखेपछी परिवारजनले झ्याल खोलेर हेर्दा छोरा पासो लगाई झुण्डिएको अवस्थामा देखिएको बुबा सोभितलालले बताए ।
उनका अनुसार त्यस्तो दृश्य देख्ना साथ प्रहरीलाई खबर गरिएको थियो । घटना थाहा पाए लगत्तै पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पश्चात् मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पातल पु¥याई थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक रुपक खडकाले बताए ।
कोठाको ढोका भित्रबाट बन्द अवस्थामा रहेको तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?