राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ स्थित सकरपुरामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
युनिक कलेज अफ मेडिसिन साईन्स एण्ड हस्पिटल प्रा.लि. एवं भिमदलगणको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।
शिविरबाट ६ सय भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमर बहादुर थापाले जानकारी दिएका छन् ।
यता शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई रेफर गरी अस्पताल पु¥याउने र त्यहा निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने अस्पतालका प्रमुख जयप्रकाश ठाकुरले बताए ।
युनिक अस्पताल र सेनाले बस्तीमै आएर निशुल्क जाँच र औषधी वितरण गरेपछि ठुलो राहत मिलेको जचाउँन आएका विरामीहरुले बताएका छन् ।
जिल्लाको अतिविकट मानिएको सकरपुरामा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
उनले यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिदै यसलाई निरन्तरता दिने काम गरिएको बताए । शिविरमा उपचारका लागी आएका विरामीलाई निशुल्क औषधीहरु समेत उपलब्ध गराईएको छ ।
शिविरमा युनिक अस्पतालका निर्देशक डा. संजय सिंहको नेतृत्वमा डा. रविन्द्र चौधरी, डा. संजित साह, डा. प्रमोद साह, डा. अमरेन्द्र यादव तथा भिमदलगणका १० जना स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सक टोली परिचालित रहेको अस्पतालका प्रमुख जय प्रकाश ठाकुरले जानकारी दिएका छन् ।
विकट र बिपन्न बस्तीमा सेना र युनिकको निशुल्क स्वास्थ्य शिविर
सारांश
- यता शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई रेफर गरी अस्पताल पु¥याउने र त्यहा निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने अस्पतालका प्रमुख जयप्रकाश ठाकुरले बताए ।
- युनिक अस्पताल र सेनाले बस्तीमै आएर निशुल्क जाँच र औषधी वितरण गरेपछि ठुलो राहत मिलेको जचाउँन आएका विरामीहरुले बताएका छन् ।
- जिल्लाको अतिविकट मानिएको सकरपुरामा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया