छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो

राजविराज राजविराज
|
आइतबार, मंसिर २२, २०७६
|
|
५५ पटक हेरिएको
Shares
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो

सारांश

  •     कान्जी हाउसमा नियन्त्रण गरि राखिएको ती पशु चौपाया पशु धनीले लिन आएमा पहिलो दिन केही जरिवानासहित जिम्मा लगाउने तथा दोश्रो दिन लिन आएमा ५० रुँपैयाको दरले जरिवाना बढ्दै जाने उनले बताए ।
  • त्यस्तै एक हप्तासम्ममा लिन आएमा एक हजार र आठौं दिनसम्म नआएमा ती पशु चौपायालाई प्रक्रिया पु¥याई लिलामी समेत गर्ने उनले बताए ।
  •       त्यस्तै छाडा सुँगुर सडकमा भेटिए त्यसलाई मार्ने निर्णय गरिएको उनको भनाई छ ।

    राजविराज÷छाडा पशुचौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित भएपछि  अहिले नगरपालिकाले त्यस्ता छाडा पशुचौपायालाई नियन्त्रण गर्ने कार्य सुरु गरेको छ । 
    पटक पटक विभिन्न सूचना तथा माइकिङ गरेर छाडा पशु चौपाया सडकमा नछोड्नु भनी जानकारी गराउँदा समेत पशु धनीहरुले सो सूचनाको अटेर गरेपछि नगरपालिकाले ती पशु चौपायालाई नियन्त्रण गरि कान्जी हाउसमा राख्न सुरु गरेको हो । 
    राजविराज नगरपालिका कार्यालय परिसर भित्र बनाइएको कान्जी हाउसमा नियन्त्रण गरि ल्याइएको छाडा पशु चौपायालाई राखिएको नगरपालिकाका अधिकृत मनोज यादवले जानकारी दिएका छन् । 
    कान्जी हाउसमा नियन्त्रण गरि राखिएको ती पशु चौपाया पशु धनीले लिन आएमा पहिलो दिन केही जरिवानासहित जिम्मा लगाउने तथा दोश्रो दिन लिन आएमा ५० रुँपैयाको दरले जरिवाना बढ्दै जाने उनले बताए । त्यस्तै एक हप्तासम्ममा लिन आएमा एक हजार र आठौं दिनसम्म नआएमा ती पशु चौपायालाई प्रक्रिया पु¥याई लिलामी समेत गर्ने उनले बताए । 
    त्यस्तै छाडा सुँगुर सडकमा भेटिए त्यसलाई मार्ने निर्णय गरिएको उनको भनाई छ । सो वापत ५ सय रुपैयाँ प्रोत्साहन उपलब्ध गराइने अधिकृत यादवले बताए । 
    राजविराज नगरपालिकाले विगतमा पनि छाडा पशु चौपाया नियन्त्रण गर्ने अभियान चलाएको थियो । तर, सो अभियान केही दिनमै रोकियो । 
    हाल राजविराज नगरको अति व्यस्त सडकहरुमा पशु चौपायाहरु उल्लेख्यीय देखिन्छ । रातीको समयमा नगरको मुख्य गजेन्द्र चौकमा गाई, गोरु, साढे लगायत घेराहाली बस्ने गरेको देखिन्छ । 
    यस्तै दिउँसोको समयमा अदालत रोडदेखी राममन्दिरसम्मको सडक क्षेत्रमा बाख्रा, गाई, साँढे, सुँगुरहरु जताभावी घुमफिर गरेको देखिन्छ । यस्ता छाडा पशुहरुलाई नगरपालिकाले कसरी नियन्त्रण गर्ने हो भन्ने स्थानियहरुले निकै चासो लिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?