घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

राजविराज राजविराज
|
बुधबार, पौष २, २०७६
|
|
२३ पटक हेरिएको
Shares
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

सारांश

  •     छिन्नमस्ता गाँउपालिकाको वडा नं.
  • २ को मुसहरी टोलका चार जना र वडा न.
  • ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पीडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवारदेखि जाडो छल्न न्यानो अभियानको शुरुवात गरेको छ ।
    छिन्नमस्ता गाँउपालिकाको वडा नं. २ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।
    वडा न. २ को मुसहरी टोलका सरस्वतीदेवी सदा, प्रमिलादेवी सदा, शोभियादेवी सदा र बचकैनदेवी सदालाई एक÷एक थान कम्वल र स्वेटर प्रदान गरेको गायत्री महिला चेतना केन्द्रकी अध्यक्ष जुही ठाकुरले जानकारी दिदै उनीहरुलाई श्रीमानले घर निकाला गरेपछि आ–आफनो माईती र मामा घरमा बस्दै आएको बताइन् ।
    यसैगरी छिन्नमस्ता गाउपालिका ३ धोबीयारी टोलकी अनितादेबी सदा, अमलादेबी सदा, अमरिकादेवी सदा, अलोधैनदेवी र शनिचरीदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरिएको छ । तिनीहरु पनि घरेलु हिंसा पीडित हुन । 
    अध्यक्ष ठाकुरले जिल्लाभरीका घरेलु हिंसा पीडित एक सय जना महिलाहरुलाई जाडो छल्न कम्वल र स्वेटर वितरण गरिने लक्ष्य संस्थाको रहेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार खर्चको अभावमा अस्पतालमै वास
उपचार खर्चको अभावमा अस्पतालमै वास
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी