महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 

राजविराज राजविराज
|
बुधबार, मंसिर १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 

सारांश

  •     क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको बिकास गर्ने उद्देश्यका साथ जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकमा सो क्रिकेट प्रशिक्षण सूरू गरिएको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
  •       खड्ग नगरपालिका वडा नं.
  • ७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेको चन्दन यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 
    सप्तरीका किशोरीहरुलाई क्रिकेट खेलमा रुची बढ्दै गएपछि बुधबारदेखी एक महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको छ । 
    क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको बिकास गर्ने उद्देश्यका साथ जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकमा सो क्रिकेट प्रशिक्षण सूरू गरिएको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।  
    खड्ग नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेको चन्दन यादवले बताए । 
    सुरूगां नगरपालिका तथा खड्ग नगरपालिकाको संयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा किक्रेटको बिकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
    राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरीबाट टिम बर्षाेदेखी बन्न नसकेकोले सप्तरी टिम समेत प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट संघका सचिव श्रेष्ठले बताए ।
    राष्टिय प्रशिक्षक टमाटाले खडग र सुरूगां नगरपालीका का १ सय २५ जना किसोरीलाई प्रशिक्षण दिने छ ।
    प्रशिक्षणबाट उत्कृष्ट ३० जना किशोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष समेत रहेका संघका सचिव श्रेष्ठले बताए ।
    सो अवसरमा सुरूङ्गा नगरपालिका उपप्रमुख बिन्दा पासवान, खड्ग नगरपालिकाका उपमेयर यासमिन सुल्तान, वडा अध्यक्ष भगबति चौधरी, सेभ द चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नपाका ६ भगबति चौधरी, ८ का वडा अध्यक्ष मो ईसराईल, वडा १० का अध्यक्ष राजेन्द्र चौधरी, ७ का अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासंघका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवण देब, सहसचिव चन्दनकुमार यादब, सबल नेपालका समुन्नती कार्यक्रमका संयोजक नन्दकिशोर चौधरी, सबल नेपालका अशोक साह, परमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिंह, बाल क्लवका मो ताहिर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवालयमा भक्तजनको घुइचो
शिवालयमा भक्तजनको घुइचो
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
अग्नीपीडितलाई सहयोग
अग्नीपीडितलाई सहयोग
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा