दृष्टिविहिन भोल्वी विचल्लीमा

राजविराज राजविराज
|
सोमबार, माघ ६, २०७६
|
|
६८ पटक हेरिएको
Shares

सारांश

  •     अहिले उनलाई गुजारा चलाउन झनै समस्या थपिएर विच्चली भएको छ ।
  • जन्मदै आँखाको ज्योती गुमाएकी भोल्वी देवीको पहिलो सन्तान दिनेश पनि जन्मदै आँखाको ज्योती गुमाएको उनले बताइन् ।
  •       दिनेशको उमेर अहिले १२ वर्ष पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    सप्तरीकी एक दृष्टिविहिन महिला विचल्लीमा परेकी छिन् । सप्तरीको बोदेवर्साइन नगरपालिका ४ सिल्हट टोलकी ५२ वर्षिया भोल्वी देवी रामको दुई छोरा मध्ये जेठो छोरा पनि दृष्टिविहिन र पतिको मृत्युपछि दुबै छोराको लालनपालनको जिम्मापनि उनकै काँधमा आएपछि बिचल्लीमा परेकी हुन् । 
    अहिले उनलाई गुजारा चलाउन झनै समस्या थपिएर विच्चली भएको छ । जन्मदै आँखाको ज्योती गुमाएकी भोल्वी देवीको पहिलो सन्तान दिनेश पनि जन्मदै आँखाको ज्योती गुमाएको उनले बताइन् । 
    दिनेशको उमेर अहिले १२ वर्ष पुगेको छ । उनको दोश्रो सन्तान १० वर्षिय दिपक भने दृष्टिविहिन छैनन् । दिपकको दैनिकि भने दाजु र आमाकै रेखदेखमा वित्ने गरेको छ ।
    जन्मीएदेखि दृष्टिविहिन रहेकी भोल्वी देवीको १६ वर्षको उमेरमा गाउँकै उखम मोचीसँग विवाह भएको थियो । विहे भएको ६ वर्ष नबित्दै उखम गम्भीर प्रकृतिको रोग लागी ओछयान समाए । 
    ऐलानी जग्गामा एउटा झुप्रोमा बस्दै आएकी भोल्वीले विरामी परेका पतिको रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा ६ बर्ष अघि पतिको मृत्यु भएको दुखेसो सनाइन् । 
    उनले अत्याधिक जाडोका बावजुत न्यानो लुगाको अभावमा कष्टकर जिवन बिताएको बताउँदै सम्पतिको नाउँमा एक इन्च पनि आप्mनो नाममा जग्गा नरहेको बताइन् । 
    उनले भनिन्, “आफु पनि दृष्टिविहिन, जेठो छोरा पनि दृष्टिविहिन, अर्को छोरा हाम्रै रेखदेखमा बस्नु परेको छ, कहाँ जानु ? कसलाई के भनु ? कसले हाम्रो पिडा बुझि देलान ?” यता आमा छोरा अहिल गाउँमै भिक्षा मागेर गुजारा गरिरहेको स्थानियले बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
निःशुल्क सिलाई मेसिन वितरण 
निःशुल्क सिलाई मेसिन वितरण 
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
नेकपाको सप्तरी अध्यक्षमा  मण्डल र सचिवमा न्यौपाने चयन
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह