राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत

राजविराज राजविराज
|
शनिबार, माघ १८, २०७६
|
|
७६ पटक हेरिएको
Shares
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत

सारांश

  •     मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद गराएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए ।
  •       समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ ।
  • उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको समेत जिकरि गरे ।

    राजविराज÷जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् । 
    सरकारसँग ११ बुँदे सहमति गरेर झण्डै एघार महिनापछि पहिलो पटक आफ्नो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले शनिबार आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । 
    आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने भएपछि आफू राजनीतिमा प्रवेश गरेको बताए । 


    मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद गराएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए । 
    समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ । उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको समेत जिकरि गरे । 
    अहिले कुनै पनि विकासीय कार्यका लागि कमिशन बिना काम नहुने भन्दै राजनीतिको खोल ओढेर मधेशलाई जरजर अवस्था पु¥याउने मधेशी नेताहरुको बास्तविक रुप जनता माँझ नाङ्गिसकेकोले जनताको सबै आकांक्षा र विश्वास जनमत पार्टीले पुरा गर्ने उनको भनाई छ ।  
    एक अर्को प्रसङ्गमा डा. राउतले आफूले कुनै व्यक्तिसँग सम्झौता नगरे नेपालको सर्वोच्च निकायसँग लुकाएर होइन् सार्वजनिक रुपमा सम्झौता गरेको बताए ।
    राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता गरि आफ्ना नेताहरुलाई राष्ट्रिसभामा पु¥याएको आरोप लगाउँदै उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
तीस कार्टुन मदिरा बरामद 
तीस कार्टुन मदिरा बरामद 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी