दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ ।
विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् ।
उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे । अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
आन्दोलनका कार्यक्रम अनुसारनै माघ १० गते क्याम्पस प्रमुखलाई जानकारी पत्र बुझाएको र माघ १९ गते क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको उनले जानकारी दिँदै माघ २० गतेदेखी कक्षा बहिष्कार र २३ गते धर्ना कार्यक्रम गर्ने बताए ।
आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी
सारांश
- विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् ।
- उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे ।
- अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया