सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी

सारांश

  •     प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ ।
  • निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो ।
  •       यसअघि सखुवास्थित कृषिहाट बजारमा शुरु भएको प्रतियोगिताको शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरेकी थिइन् ।

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।  
    सप्तरीको शम्भुनाथ नगरपालिका ४ सखुवामा  सोमबारदेखि दोश्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ । 
    प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ । निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो । 
    यसअघि सखुवास्थित कृषिहाट बजारमा शुरु भएको प्रतियोगिताको शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरेकी थिइन् ।
    शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शत्रुधन प्रसाद चौधरी, आयोजक प्रगतिशिल युवा क्बलका अध्यक्ष सचिन्द्र कुमार चौधरीले मन्तव्य राखेको थिए । 
    शम्भुनाथ प्रगतिशिल युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, सर्लाही, उदयपुर र सुनसरीका विभिन्न ९ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले रू ५० हजार नगद तथा कप र उपबिजेताले रू ३० हजार नगद र मेडल प्रदान गरिने जनाएको छ ।
    ्प्रतियोगिता अन्तर्गत मंगलवार फतेपुर सप्तरी र सिरहा बी बिच हुने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन