बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो

राजविराज राजविराज
|
बुधबार, माघ २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो

सारांश

  •     मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–ईनर्वा खण्डको बातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी सरोकारवालाहरुसँग बुधबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो ।
  •       सो परियोजना अन्तर्गतको बर्दिबास–ईनर्वा रेलमार्ग खण्डको सुरुवात प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई प्रदेश १ को इनरुवा नगरपालिकामा समाप्त हुने जनाइएको छ ।
  •       रेल विभाग, रेल्वे तथा मेट्रो विकास आयोजनाबाट बातावरणीय प्रभाव मुल्यांकनको जिम्मेवारी पाएका फुलब्राइट कन्सलटेन्सी प्रा.

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको प्रकृया अघि बढाइएको छ । यस परियोजनाको कुल लागत ९६ अरब ८४ करोड पर्ने भएको छ । 
    मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–ईनर्वा खण्डको बातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी सरोकारवालाहरुसँग बुधबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो । 
    सो परियोजना अन्तर्गतको बर्दिबास–ईनर्वा रेलमार्ग खण्डको सुरुवात प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई प्रदेश १ को इनरुवा नगरपालिकामा समाप्त हुने जनाइएको छ । 
    रेल विभाग, रेल्वे तथा मेट्रो विकास आयोजनाबाट बातावरणीय प्रभाव मुल्यांकनको जिम्मेवारी पाएका फुलब्राइट कन्सलटेन्सी प्रा.लि.का प्रमुख मंजुलकृष्ण मानन्धरले मेची–महाकाली विद्युतीय रेलमार्गको कुल लम्बाई ९ सय ४५ कि.मि. मध्ये बर्दिवास–ईनर्वा खण्डको १ सय ३९.४२ कि.मि. लम्बाईको विस्तृत र सर्भे, डिजाईन कार्य तथा बातावरणीय प्रभाव मुल्याकंन कार्य समेत सम्पन्न गरि सकेको जनकारी दिएका छन् । 
    रेल संचालनका लागि आवश्यक प्रकृया सुरु भई सकेको जानकारी दिँदै उनले अहिले सम्म कुल ७ खण्डहरु मध्ये ६ खण्डको विस्तृत सर्भे तथा डिजाईन कार्य सम्पन्न भईसकेको बताए ।
    रेलमार्ग प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ, धनुषाग्राम, गणेशनाथचारनाथ, शहिद नगरपालिका, सिरहाको कर्जनहा, मिर्चैया, गोलबजार, धनगढीमाई, लहान, नरहा, सप्तरीको सुरुङ्गा, खडक, शम्भुनाथ, डाक्नेश्वरी, हनुमाननगर, कंचनरुप र राजविराज नगरपालिका, रुपनी, महादेवा र तिरहुत गाउँपालिका तथा प्रदेश १ को सुनसरी जिल्लाको कोशी, भोक्राहा र नरसिङ्ग गाउँपालिका तथा ईनरुवा नगरपालिका सम्म पुगी समाप्त हुने जनाइएको छ । 
     कार्यक्रममा प्रस्तुत गरिएको संक्षिप्त जानकारी पत्र अनुसार यस रेलमार्गमा कुल १४ स्टेशन रहने छन् । जसमध्ये १० स्टेशन यात्रुहरुका लागि प्रयोगमा ल्याईने छ भने ४ स्टेशनहरु सिग्नल स्टेशनको रुपमा मात्र रहने छन् । साथै २ स्थानमा मालबाहक गाडी पनि रोकिने स्टेशनहरु हुनेछन् । त्यस्तै रेलमार्गले ओगटने जग्गा, रेलमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरको भाग र स्टेशन क्षेत्रहरुमा थप जग्गा गरी कुल ८ सय १४.२२ हेक्टर जग्गा आवश्यक पर्ने जानकारी पत्रमा उल्लेख गरिएको छ । 
    प्रालिका प्रमुख मानन्धरले रेलवे संचालनका लागि आवश्यक पर्ने कुल जमिन मध्ये ७ सय ४१.६७ हेक्टर जग्गा निजी रहेको बताए । रेलवे ट्रयाक निर्माणका क्रममा निजी सम्पतीको क्षतिपुर्ती तथा समय सापेक्ष मुआब्जाका लागि आवश्यक पर्ने रकमबारे समेत रेलवे तथा मेट्रो विकास आयोजनालाई प्रतिवेदन बुझाई सकिएको उनले जानकारी दिए । 
    कायक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रेलसेवा संचालन गर्न प्रकृया अघि बढेकोमा प्रसन्नता व्यक्त गर्दै आप्mनो सुझाव समेत दिएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु