नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित

राजविराज राजविराज
|
मंगलबार, मंसिर १८, २०७५
|
|
७१ पटक हेरिएको
Shares
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित

सारांश

  •     सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ ।
  • सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।
  •     यसैबीच प्रदेश नं.

दैनिक समाचारदाता
काठमाडौँ, १७ मंसिर । 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।
    सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ । सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।
    यसैबीच प्रदेश नं. २ को सदस्यहरुमा सप्तरीबाट गोबिन्द न्यौपाने, शैलेन्द्रचन्द्र झा, दिवाकर देवकोटा, जगदीश साह, हिरण्य गुप्ता, सुखराम यादव, दिनेश्वर प्रसाद यादव, महेश प्रसाद यादव, मानपुर चौधरी, रुवी कर्ण, छेदी रजक, देवनाथ यादव, असर्फि सदा, अरुण साह (अनिल), भागवत यादव, लालेन्द्र मण्डल, भरत महतो, मनाई महतो, अशरा चौधरी, मो. कलिम, मो. इस्लाम, गंगा चौधरी, इन्द्र नारायण चौधरी र कृष्ण कुमार गुप्ता रहेका छन् । 
    प्रदेश २ मा साविकका नेकपा एमालेबाट १ सय ६ र साविकको माओवादी केन्द्रबाट १ सय ६ तथा पार्टी एकता पश्चात् ३ जना गरि २ सय १५ जनालाई समावेश गरिएको छ । 
    यता महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।
    योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।
    अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन  समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित 
रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन  समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि