उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द

सारांश

  •     स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ ।
  •       जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।
  •       साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवका श्रीमानले निमित्त प्रशसकीय अधिकृत र सहलेखापाललाई गालीगलौजका साथै हातखुट्टा काट्ने धम्की दिएको बिरोधमा शुक्रबार गाउँपालिकाका सबै वडा कार्यालय र मातहतका कार्यालयहरु बन्द गरिएको छ । 
    स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ । 
    जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।  
    साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ । 
    त्यस्तै दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले जनप्रतिनिधि र कर्मचारीहरुकाबीच ९ गते क्षमायाचना नगरे गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुको तालाबन्दी यथावत राखी कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय समेत गरिएको उल्लेख छ । 
    गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, २ नं. वडाका अध्यक्ष खगेन्द्र मण्डल र ७ नं. वडाका अध्यक्ष गुलावप्रसाद सिंह, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको बृहत बैठकले सो निर्णयहरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह