दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
संसारभर त्रास फैलाएको कोरोना भाईरसबाट भारतको विहार राज्यमा आईतबार एक व्यक्तिको मृत्यु भएपछि सप्तरीको सिमावर्ती क्षेत्रका सम्पूर्ण नाकाहरु बन्द गरिएको छ ।
हाल सप्तरीको भारतीय सिमासँग जोडिएको ७ स्थानमा हेल्थडेस्क संचालनमा छ । भारतमा संक्रमितको संख्या बढ्दै गएपछि आइतबार ७ मध्ये पाँच वटा नाका बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्धन कटे्लले सोमबारदेखी खुलेका दुई नाकाहरु समेत बन्द गर्न आवश्यक पहल गरिने जानकारी दिएका छन् ।
आईतबार विहानैदेखि भारतीय संचार माध्यमहरुले विहार राज्यको पटना स्थित एम्स अस्पतालमा कोरोना भाईरसबाट संक्रमित ३८ बर्षिय एक युवकको उपचारको क्रममा मृत्यु भएको विहार सरकारबाट पुष्टी गरेपछि कोरोना सम्भावित संक्रमणको विषयलाई लिएर सिमाबर्ती क्षेत्रका बासीन्दासहित सप्तरीका स्थानियहरु समेत थप चिन्तामा परेका छन् ।
यता सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सवै सेवा चैत्र २१ सम्मका लागि बन्द गर्ने निर्णय गरेपछि सप्तरीका प्रमुख बजारहरुमा चहल पहल निकै घटेको छ ।
यस्तै कार्यालय बन्द रहेको थाहा नपाएका कतिपय ग्रामिण क्षेत्रबाट आईतबार सदरमुकाम राजविराज आईपुगेको सर्वसाधारण कार्यालय बन्द रहेको देखेपछि निराश भई आ–आफनो घर फर्केका थिए ।
कोरोना भाईरस सम्बन्धी प्रतिकार्य योजना तयार पार्न प्रमुख जिल्ला अधिकारी सुनिल खनाल प्रहरी उपरिक्षक कृष्ण प्रसाई, शसस्त्र प्रहरी उपरिक्षक उद्वव बहादुर न्यौपाने, भिम दलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दास, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियलाल यादव तथा विभिन्न स्थानिय तहका प्रमुख दैनिक बैठक गरी आवश्यक र रणनिति बनाउन व्यस्त देखिएका छन् ।
शंकास्पद विरामी आएमा उपचारका लागि तत्काल गजेन्द्र नारायण सिंह अस्पतालमा १० बेड क्षमताको आईसोलेसन कक्ष तयार गरि सकिएको छ भने साई कृष्णा शिक्षण अस्पताल, युनिक अस्पताल र छिन्नमस्ता अस्पताल एण्ड मेडिकल कलेजमा गरी थप ३ स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पतला संचालन गर्ने कार्यलाई तिब्र बनाएको छ ।
भारतसँग जोडिएका सीमा नाका बन्द !
सारांश
- हाल सप्तरीको भारतीय सिमासँग जोडिएको ७ स्थानमा हेल्थडेस्क संचालनमा छ ।
- भारतमा संक्रमितको संख्या बढ्दै गएपछि आइतबार ७ मध्ये पाँच वटा नाका बन्द गरिएको छ ।
- जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्धन कटे्लले सोमबारदेखी खुलेका दुई नाकाहरु समेत बन्द गर्न आवश्यक पहल गरिने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया