लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं.
  • १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए ।
  •       यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं.

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।  
    सप्तरीको बरमझियामा जारी प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवारको खेलमा लहानलाई हराउदै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ । 
    हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं. १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए । 
    यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं. ७ का सिद्धात हमाल ठकुरीले एक गोल मात्र गर्न सफल भएका थिए ।
    सम्पन्न खेलमा सर्लाही ११ जर्सी नं. १६ का भरत चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष अनोज यादवले शिल्ड हस्तान्तरण गरेका थिए भने माँ दुर्गा ज्वेलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरेका थिए । 
    प्रतियोगिता अन्तरगर्त शनिवारको दोश्रो सेमीफाईनल खेल केही प्राविधिक कारणले स्थगित गरि सो खेललाई आईतवार निर्धारित समयमा महोत्तरी ११ र पर्सा ११ बीच खेल हुने हिरोज स्पोटिङ क्लब बरमझियाका अध्यक्ष विजय चौधरी जानकारी दिएका छन्् । 
    प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अवलोकित दैनिक मिडिया पार्टनरको भुमिका निभाइरहेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी