लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०७७
|
|
६५ पटक हेरिएको
Shares
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण

सारांश

  • राजदेबी माबि जाने बाटोदेखि उत्तर पुर्व देवनारायण झाको घरहुँदै जाने २ सय ५० मिटरको बाटोमा माटो, ग्राभेलको कार्य गरिएको हो ।
  •   वर्षौदेखि स्थानियहरु आली भएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेकोमा त्यहाँका ११ जना घरपरिवारका सदस्यहरूले आप्mनो श्रमदानवाट सो बाटो निर्माण गरेका हुन ।
  • तीन बर्षदेखि राजबिराज नगरपालिका र वडा कार्यालयलाई बाटो निर्माणका लागी स्थानियहरूले पटक पटक आग्रह गरेपनि बाटो निर्माणका लागि ध्यान नदिएपछि आप्mनो श्रमदानवाट बाटो निर्माण गरिएको स्थानिय उदयकान्त झाको भनाई छ ।

चन्दनकुमार यादब 
राजबिराज, २९ जेठ । 
लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरी सदरमुकाम राजबिराज २ राजदेबी टोलका स्थानियहरूले आप्mनो १० लाखको लागत तथा श्रमदानबाट बाटो निर्माण गरेका छन् ।
राजदेबी माबि जाने बाटोदेखि उत्तर पुर्व देवनारायण झाको घरहुँदै जाने २ सय ५० मिटरको बाटोमा माटो, ग्राभेलको कार्य गरिएको हो । 
वर्षौदेखि स्थानियहरु आली भएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेकोमा त्यहाँका ११ जना घरपरिवारका सदस्यहरूले आप्mनो श्रमदानवाट सो बाटो निर्माण गरेका हुन ।


तीन बर्षदेखि राजबिराज नगरपालिका र वडा कार्यालयलाई बाटो निर्माणका लागी स्थानियहरूले पटक पटक आग्रह गरेपनि बाटो निर्माणका लागि ध्यान नदिएपछि आप्mनो श्रमदानवाट बाटो निर्माण गरिएको स्थानिय उदयकान्त झाको भनाई छ । 
राजनीतिक प्रतिषोधका कारण यस बस्तीमा बिकासिय योजना नपरेको स्थानिय देव नारायण झाले आरोप लगाउँदै भने, “ईच्छा शक्ति भए असम्भवलाई पनि सम्भव बनाउने सकिन्छ ।”
स्थानिय देबकुमार यादब, देव नारायण झाको घरदेखि उदयकान्त झा, दुःखन यादबलगायत बिनोद मण्डलको घरसम्मको दुई सय ५० मिटरको बाटो निर्माण गर्न दुई महिना समय लागेको दुःखन यादबले जानकारी दिए ।
करिब तिन सय मिटर नजिकै रहेको राजदेबी मन्दिर, बसपार्क, राजदेबी चौकसम्म अर्को घुमाउरो र आलीबाट जानुपर्ने बाध्यताको अन्त भएकोमा त्यहाका स्थानियहरु हर्षित भएका छन् । 
बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो डुवानीका लागि प्रयोग गरिने ट्«याक्टको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य गरेको स्थानिय उदयकान्त झाको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?