थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी

राजविराज राजविराज
|
बिहिबार, आषाढ ४, २०७७
|
|
६६ पटक हेरिएको
Shares
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी

सारांश

  •     ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताईरहदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानवीनको मागँ गरेको हो ।
  •       सप्तरीको छिन्नमस्ता गाउँपालिका माइती रहेको मृतक नविलाको गत जेठ २४ गते मृत्यु भएको थियो ।
  • न्याय खोज्दै राजविराज आईपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले आत्महत्या नभई हत्या नै भएको दावी गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 
    सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरकी २३ वर्षिया नविला खातुनको हत्या भएको माइती पक्षले दावी गर्दै घट्नाको उच्चस्तरिय छानवीनको मागँ गरेका छन् । 
    ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताईरहदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानवीनको मागँ गरेको हो । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका माइती रहेको मृतक नविलाको गत जेठ २४ गते मृत्यु भएको थियो । न्याय खोज्दै राजविराज आईपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले आत्महत्या नभई हत्या नै भएको दावी गरे । 
    मृतकका दाजु फिरोजले २ वर्ष अघि भएको बहिनीको विवाहमा कबोल गरेको ३ लाख दाईजो रकम मध्ये २ लाख रुपैया बुझाई सकिएको र बाँकि १ लाख रुपैयाका लागी सासु मिनाले पटक पटक फोन मार्फत ताकेदा गर्ने गरेको सुनाए । बहिनी नविला पनि भेट्न आउँदा दाईजोको बाँकि रकमका लागी सासुले निकै तनाव दिन थालेको सुनाउँदै ऋण काढेर भएपनि सो रकमको व्यवस्था गरी दिन पटक पटक आफुलाई बताएको दाजु फिरोजको भनाई छ । 
    तर, आर्थिक अवस्था जर्जर बनेका कारण रकमको जोहे हुन न सक्दा सासु मिना र उनका आफन्तको योजनामा बहिनीको हत्या नै भएको हो, उनले दावी गरे ।
    मृतकका भाई मोहिदले घट्ना भईसकेपछि शवलाई हतार–हतारमा अस्पताल लगिनु र अस्पताल पुग्दा शरिरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बताए ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले नविला मृत्यु प्रकरण सम्बन्धमा प्रहरीले विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिरहेको बताउँदै पोष्टमार्टम रिर्पाेट नआएसम्म हत्या वा आत्महत्या यकिन गर्न नसकिने जानकारी दिए । 
    घट्नाको भोली पल्ट नविलाको शव घरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिसकिएको छ । तर, विहीवारसम्म पोष्टमार्टम रिर्पाेट आएको छैन । 
    नविला आफ्नी १५ महिनाकी छोरीसंगै ४८ वर्षिया सासु मिना खातुनको साथमा कल्याणपुरस्थित घरमा बस्दै आएकी थिईन । यता मृतकका पति मो.नवाव विगत ८ महिनादेखी रोजगारीका सिलसिलामा कतारमा छन् भने ससुरा एयुव जफर मलेशियामा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु