दैनिक समाचारदाता
राजविराज, ८ असार ।
व्यवस्थित क्वारेन्टाइन, लकडाउन अवधीमा कर माफी, किसानहरुको समस्या समाधान गर्न लगायतका माँग राख्दै सोमबार नेपाली काँग्रेस निकट यूवाहरुले राजविराजमा बिरोध प्रदर्शन गरेका छन् । राजविराजस्थित गजेन्द्र चौकमा काँग्रेसका युवा नेता इर्साद अन्सारी नेतृत्वमा यूवाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
सोही बिरोध प्रदर्शनका क्रममा यूवाहरुले प्ले कार्ड बोकेर विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध समेत गरेका छन् ।
काँग्रेसका यूवा नेता इर्साद अन्सारीले अहिलेको सरकारले जनतालाई राहतको साटो थप रिणको भारमा पार्दै किसानहरुको समस्याप्रति थोरै पनि चिन्तित नभएको आरोप लगाए ।
यूवा नेता अन्सारीले सरकार जनताप्रति गम्भिर नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
सारांश
- सोही बिरोध प्रदर्शनका क्रममा यूवाहरुले प्ले कार्ड बोकेर विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध समेत गरेका छन् ।
- काँग्रेसका यूवा नेता इर्साद अन्सारीले अहिलेको सरकारले जनतालाई राहतको साटो थप रिणको भारमा पार्दै किसानहरुको समस्याप्रति थोरै पनि चिन्तित नभएको आरोप लगाए ।
- यूवा नेता अन्सारीले सरकार जनताप्रति गम्भिर नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया