दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीमा मंगलबार एक महिलासहित १९ जनामा कोरोना संक्रमण फेला परेको छ । यो सँगै जिल्लामा कोराना संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।
मंगलबार एकै दिन यत्रो ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला परेको हो । पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने ३ जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।
१६ दिन अघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमित मध्ये १६ जनाको परिक्षण रिपोर्ट गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएको अस्पतालका मेसु डा. रन्जित झाले बताए ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका ३ जनाको जनकपुरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।
जिल्लामा हालसम्म फेला परेका कुल १ सय ९५ संक्रमित मध्ये ९० जना निको भएर घर फर्किसकेका छन् भने १ सय ५ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. झाले जानकरी दिए ।
हाल सम्ममा सप्तरीको १८ मध्ये १६ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सारांश
- मंगलबार एकै दिन यत्रो ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला परेको हो ।
- पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने ३ जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।
- १६ दिन अघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया