दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ का १ सय ३५ घर मुसहर र डोम समुदायलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ ।
दलित सरोकार मञ्च कञ्चनरुप र व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा सो राहत बितरण गरिएको हो ।
१८ डोम र १ सय १७ मुसहर समुदाय परिवारलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष युक्तिलाल मरिक डोमले जानकारी दिएका छन् ।
एक सय ८० घरलाई राहत वितरण गर्ने लक्ष्य रहेकोमा १ सय ३५ घरलाई वितरण गरिएको र थप ४५ घरलाई अर्कोदिन वितरण गर्ने अध्यक्ष मरिकले भनाई छ ।
यसअघि मञ्चले महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा कञ्चनरुप नगरपालिकामा चार सय ७२ घरधुरी डोम,४ मुसहर, राम र पासवान समुदायलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष मरिक डोमले बताए ।
राहतमा उसिना चामल २५ किलो, गहुँको पिठो ५ किलो, दाल ३ किलो, सोयाविन ३ किलो, साबुन ४ थान र नुन २ प्याकेट वितरण गरिएको छ ।
२०७६ चैत ११ गतेदेखी जारी लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक भोलाकुमार पासवानले बताए ।
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
सारांश
- दलित सरोकार मञ्च कञ्चनरुप र व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा सो राहत बितरण गरिएको हो ।
- १८ डोम र १ सय १७ मुसहर समुदाय परिवारलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष युक्तिलाल मरिक डोमले जानकारी दिएका छन् ।
- एक सय ८० घरलाई राहत वितरण गर्ने लक्ष्य रहेकोमा १ सय ३५ घरलाई वितरण गरिएको र थप ४५ घरलाई अर्कोदिन वितरण गर्ने अध्यक्ष मरिकले भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया