कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 

राजविराज राजविराज
|
सोमबार, आषाढ २९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 

सारांश

  •     कोशीले बगाएर लादै गरेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा नजिकै स्थानियवासी अरुण मुखियाले उक्त हरिणको जिवित्तै उद्धार गरेका हुन् ।
  •       हरिणलाई घर पु¥याएर उनले सो बारे प्रहरीलाई जानकारी गराएका थिए ।
  • इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरीले टोलीले हरिणलाई पशु सेवा कार्यालयबाट आवश्यक उपचार गराई आइतबारै डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ असार ।
    सप्तकोशीले बगाएर ल्याएको एक हरिणको जिवित्तै उद्धार गरिएको छ । 
    कोशीले बगाएर लादै गरेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा नजिकै स्थानियवासी अरुण मुखियाले उक्त हरिणको जिवित्तै उद्धार गरेका हुन् । 
    हरिणलाई घर पु¥याएर उनले सो बारे प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरीले टोलीले हरिणलाई पशु सेवा कार्यालयबाट आवश्यक उपचार गराई आइतबारै डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए । 
    मुखियाले संयोगवस आफू कोशी किनारमा दाउरा बटुल्न गएको बेला हरिण बगिरहेको देखेर पौडी खेलेर बचाउन सफल भएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?