मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण

राजविराज राजविराज
|
मंगलबार, श्रावण २७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण

सारांश

  • सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो ।
  • मृत्यु भएका निजामुद्दिनको अन्तिम संस्कारका लागि झण्डै २ सय जना मलामी गएको देखेपछि पत्रकार परिष कर्णले सो तस्बिर खिचेका थिए ।
  •   स्थानिय प्रशासनले कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा भींड जम्मा भएको देखेपछि आफूले सो तस्बिर घरबाटै लिएको पत्रकार कर्णले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 
करेन्ट लागेर मृत्यु भएका एक व्यक्तिको अन्तिम संस्कारका लागि मलामी गएको भींडको तस्बिर खिचेपछि सप्तरीका एक पत्रकारका परिवारमाथि सोमबार साँझ आक्रमण भएको छ । 
सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएका निजामुद्दिनको अन्तिम संस्कारका लागि झण्डै २ सय जना मलामी गएको देखेपछि पत्रकार परिष कर्णले सो तस्बिर खिचेका थिए । 
स्थानिय प्रशासनले कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा भींड जम्मा भएको देखेपछि आफूले सो तस्बिर घरबाटै लिएको पत्रकार कर्णले बताएका छन् । 
यता तस्बिर लिएर कार्यालयतर्फ गए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको पत्रकार कर्णले बताए । 
सो घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा सो घट्नाले गर्दा पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताउँदै घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
यस्तै फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझीले घटनाप्रति दुःख व्यक्त गर्दै निषेधाज्ञा जारि भएको समयमा यसरी भिंड जम्मा गरेर अन्तिम संस्कार गर्नु निषेधाज्ञाको उलंघन भएको बताए । उनले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि कारवाहीका लागि प्रशासन समक्ष माँग गरेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
पत्रकारहरुको निशुल्क आँखा उपचार
पत्रकारहरुको निशुल्क आँखा उपचार
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण