अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट

राजविराज राजविराज
|
बिहिबार, आश्विन २२, २०७७
|
|
३४ पटक हेरिएको
Shares
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त बजार अनुगमन गरेको छ ।
  •       अनुगमनका क्रममा टोलीले राजबिराज नगरपालिका वडा नम्बर ७ स्थित माँ दुर्गे ट्रेडर्समा  म्याद गुज्रिएका वियर फेला पारेको छ ।
  • पसलमा ग्राहकलाई बिक्री गर्न रेफ्रिजरेटरमा राखिएको अबस्थामा किंगफिसर वियर १३ थान, टुवर्ग वियर ७ थान टुवर्ग क्यान वियर ८ थान जफत गरि नष्ट गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    कोरोना महामारीका कारण लामो समयपछि पसलहरु खुलेपछि व्यापार व्यवसाय समेत सुचारु भएको छ । यसैबीच ब्यपारीहरुले घाटा पूर्ति गर्ने मनसायले गरिरहेको कालोबजारीका कारण उपभोक्ता ठगिने गुनासो आउन थालेपछि राजविराज बजारका विभिन्न पसलहरुको बिहिवार संयुक्त अनुगमन गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त बजार अनुगमन गरेको छ । 
    अनुगमनका क्रममा टोलीले राजबिराज नगरपालिका वडा नम्बर ७ स्थित माँ दुर्गे ट्रेडर्समा  म्याद गुज्रिएका वियर फेला पारेको छ । पसलमा ग्राहकलाई बिक्री गर्न रेफ्रिजरेटरमा राखिएको अबस्थामा किंगफिसर वियर १३ थान, टुवर्ग वियर ७ थान टुवर्ग क्यान वियर ८ थान जफत गरि नष्ट गरिएको छ । 
    नष्ट गरिएका वियरहरु तीन महिनादेखि एक बर्ष पहिले नै म्याद गुज्रिसकेको अनुगमन टोलीका   सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
    अनुगमनलाई निरन्तरता दिदै दोस्रो दिनपनि राजबिराज बजारका एक दर्जन पसलहरुको अनुगमन गरेको छ । अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने मूल्य सूची र साईनबोर्ड, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था, साबुन पानी, सेनिटाइजर, ग्लोब्ससहित कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यवस्तु खरिद बिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज बजारका पसलहरुको अनुगमन गरिएको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जानकारी दिए ।
    राजबिराज बजारका पूजा किराना स्टोर, नागमणि किराना पसल, लाल ट्रेडर्स, इब्राहिम स्टोर, हक जनरल  स्टोर, कोकाई साह गोपाल प्रसाद साह ट्रेड, मा दुर्गे ट्रेडर्स, मदिना फ्रुट एण्ड जनरल स्टोर, नुर फ्रुट एण्ड जनरल स्टोर, गुलाब स्टोर्स, हुमा स्टोर एण्ड सप्लायर्स लगायतको पसलहरुमा अनुगमन गरिएको छ ।
    अनुगनका क्रममा बजारका पसलहरुबाट जफत भएको म्याद गुज्रिएका बि एम सि मसाला, कासमिरी मिर्च, पान मसाला,  खानेतेल, राजनिवास, गहुँको पिठो, वियर नष्ट गरिएको उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।  
    संयुक्त अनुगमन टोलीमा राजबिराज नगरपालिका को सदस्य सीता देवी मण्डल, सप्तरी उद्योग बाणिज्य संघका सचिव गौरी शंकर साह, उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ता, न्यायिक संरक्षण मंचका राम कुमार यादव, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बास्तोला, भास्कर पाण्डे, सञ्चाकर्मी, प्रहरी लगायतको उपस्थितिमा भएको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन