कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण

राजविराज राजविराज
|
आइतबार, कार्तिक २, २०७७
|
|
७८ पटक हेरिएको
Shares
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण

सारांश

  •     सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार, छिननमस्ता गाउँपालिका वडा नं.
  • ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वडा नं.
  • १४ का १ सय २६ जना परिवारलाई सो राहत बितरण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    कोरोना भाइरसको महामारीका कारण खाना खान समस्यामा रहेको २ सय ५२ जना गरिब अतिबिपन्न परिवारलाई आइतबार खाद्यन्न सामग्री बितरण गरिएको छ ।
    सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार, छिननमस्ता गाउँपालिका वडा नं. ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वडा नं. १४ का १ सय २६ जना परिवारलाई सो राहत बितरण गरिएको हो । 
    सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहले कोभिन्ड १९ का कारण खाना खान समस्यामा रहेको उनीहरुलाई १५ केजी पिठो, ७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ प्याकेट नुन, ५ थानका दरले नुहाउने साबुन, ५ थान कपडा धुने साबुन लगायतका खाद्यन्न समाग्री बितरण गरिएको जानकारी दिएका छन् ।
    प्रति परिवार रु ८ हजार ६ सय २५ रुपैयाका दरले २ सय ५२ जनालाई करिब २१ लाख ६३ हजार ५ सय मुल्य बराबरको खाद्यान्न बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ । 
    त्यस्तै सोही कार्यक्रममा २ सय ६५ जना बालबालिकाहरुलाई एजुकेशनल किट समेत बितरण गरिएको छ । सो क्रममा प्रत्येकलाई ब्याग १ थान, स्टेशनरी समान, बिद्यालयका पोसाक लगायतका समानहरु बितरण गरिएको छ । 
    सो राहत बितरण कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविको उपार्जन कार्यक्रमका संयोजक इन्द्र हायु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत सत्यनारायण थारु, बिद्या मण्डल, सुपरभाइजर मनिता घिमिरे, भुपेन्द्र सदा लगायतका उपस्थिति रहेको थियो । 
    यसअघि शनिवार पनि बिष्णुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब तथा अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 
एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
राजविराज आँखा अस्पताल र आँखाका रोगीहरु 
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण