दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पुर्ण काम छठ पर्व पछि शुरु हुने जानकारी दिएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय सभा सदस्य प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् ।
विगत तिन÷चार वर्षदेखी चार्चामा रहेको तथा ४० करोड रकम समेत अर्थमन्त्रालायबाट बिनियोजन भइसकेको अवस्थामा हाल प्रतिष्ठानको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।
सो पत्रकार सम्मेलनमा उनले प्रतिष्ठानको जग्गा सम्बन्धी फायल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गईसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु छठ पर्वपछि सुचारु हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
त्यसै गरी हरेक प्रतिष्ठानहरुको कार्यविधि फरक भएकाले समितीमा रहने डाक्टहरुको पदिय मर्यादा र पारिश्रमिकको पनि समस्याले गर्दा उक्त कार्यमा बाधा आएको उनको भनाई छ ।
हाल प्रतिष्ठानको कार्यबाहक अध्यक्षका रुपमा डा. रोहित पोखरेललाई चयन गरिसकेको र प्रतिष्ठान सम्बन्धी ऐन नै बन्ने प्रकृयामा रहेकोले पनि अब उक्त कार्य चाडै पुरा हुने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वास्थ्य मन्त्राललयलाई निर्देशन भइसकेको उनले जानकारी समेत दिए ।
त्यसै गरी सप्तरीको कन्चनरुप नगरपालिकामा निर्माणका क्रममा रहेको मदन भण्डारी खेलग्रामले पनि चाडै निरन्तरता पाउने उनको दाबी छ ।
सोही पत्रकार सम्मेलनमा उनले नेकपा पार्टीको फुट्न लागेको हल्ला मात्रै भएको भन्दै पार्टी नफुट्ने दाबी गर्दै यस्ता हल्ला पछाडी सम्पूर्ण नेता कार्यकर्तालाई नलाग्न आग्रह समेत गरे ।
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
सारांश
- बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय सभा सदस्य प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् ।
- विगत तिन÷चार वर्षदेखी चार्चामा रहेको तथा ४० करोड रकम समेत अर्थमन्त्रालायबाट बिनियोजन भइसकेको अवस्थामा हाल प्रतिष्ठानको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।
- सो पत्रकार सम्मेलनमा उनले प्रतिष्ठानको जग्गा सम्बन्धी फायल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गईसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु छठ पर्वपछि सुचारु हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया