दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीको बोदे बसाईन नगरपालिका ७ बगबिरा टोलमा शनिबार राती भएको आगलागीबाट आधा दर्जन घर जलेर नष्ट भएको छ ।
स्थानिय गेनी दासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागिका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागिले दासको २ घरका साथै छिमेकी कारी दासको २ घर, देबेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेको प्रहरीले जनाएको छ ।
यस्तै आगो निभाउने क्रममा गेनी दासकी ४१ बर्षीया श्रीमति देबकुमारी दास घाईते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ ।
आगलागीमा गेनी दासको गाई, भैसी, बाख्रा समेत ८ थान पशु चौपाया जलेर मरेका छन भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सम्पुर्ण समान जलेर नष्ट भएको पीडितहरुले बताएका छन । सो आगो एक घण्टाको प्रयासपछि प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागिमा १० लाख बराबरको क्षति
सारांश
- स्थानिय गेनी दासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागिका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
- आगलागिले दासको २ घरका साथै छिमेकी कारी दासको २ घर, देबेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेको प्रहरीले जनाएको छ ।
- यस्तै आगो निभाउने क्रममा गेनी दासकी ४१ बर्षीया श्रीमति देबकुमारी दास घाईते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया