दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीमा विद्युतीय धरापमा परि मृत्यु भएको हात्तिको हिन्दु परम्परा अनुसार शनिबारै अन्त्येष्टि गरिएको छ ।
शनिबार बिहान मरेको हात्तिलाई पण्डित समेतको उपस्थितिमा हिन्दु परम्परा अनुसार घटनास्थल नजिकै गहिरो खाडल खनेर अन्त्येष्टि गरिएको जिल्ला वन अधिकृत सन्तोष झाले जानकारी दिएका छन् ।
हात्तिको अन्त्येष्टिका लागि जिल्ला वन कार्यालयले आवश्यक सबै खर्चको व्यवस्था समेत मिलाएको वन अधिकृत झाले बताए ।
यसैबीच जंगली हात्तिको मृत्यु भएको घटनाप्रति जिल्ला वन कार्यालय सप्तरीले चिन्ता व्यक्त समेत गरेको छ ।
विद्युतीय धराप पारेर हात्तिलाई मारिनु गैरकानुनी रहेको भन्दै जिल्ला वन अधिकृत झाले जंगली जनावरको सुरक्षाका लागि टाक्सफोर्स गठन आवश्यकतामा जोड दिए् ।
डेढ महिनाअघि जिल्लाको कंचनरुप नगरपालिका ५ स्थित परेमारामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अन्दाजी २०÷२१ वर्षको हात्ति विद्युतीय पोलमा करेन्ट लागेर मृत्यु भएको थियो ।
पछिल्लो पटक शनिबार सोही ठाउँबाट आएको अर्को १८÷१९ वर्षिय हात्ति खडक नगरपालिका ४ अमाहाका कृषक गोसाईराम चौधरीले गहुँबालीको सुरक्षाका लागि खेतमा जडान गरेको विद्युतीय तारमा परि मरेको हो ।
जंगली जनावरलाई विद्युतीय पासो थापेर यसरी मार्ने काम गैरकानुनी भन्दै वन अधिकृत झाले मानव तथा वन्यजन्तु बीचको डरलाग्दो स्वरुप भएको समेत बताए ।
विद्युतीय धराप थाप्ने व्यक्ति हाल फरार रहेको जानकारी दिँदै उनले निजमाथी कानुनी कारवाही गरिने बताउँदै वन्यजन्तुहरुको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम अघि बढिसकेको उनको भनाई छ ।
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
सारांश
- शनिबार बिहान मरेको हात्तिलाई पण्डित समेतको उपस्थितिमा हिन्दु परम्परा अनुसार घटनास्थल नजिकै गहिरो खाडल खनेर अन्त्येष्टि गरिएको जिल्ला वन अधिकृत सन्तोष झाले जानकारी दिएका छन् ।
- हात्तिको अन्त्येष्टिका लागि जिल्ला वन कार्यालयले आवश्यक सबै खर्चको व्यवस्था समेत मिलाएको वन अधिकृत झाले बताए ।
- यसैबीच जंगली हात्तिको मृत्यु भएको घटनाप्रति जिल्ला वन कार्यालय सप्तरीले चिन्ता व्यक्त समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया