दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
संसद विघटन बिरुद्ध सोमबार सप्तरीमा नेकपाको दाहाल–नेपाल समूहले बिरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सो बिरोध प्रदर्शन गरिएको हो ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर निस्केको बिरोध जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो. गणि, जिल्ला इन्चार्ज अशोक कुमार मण्डल लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चालेको गलत कदम आन्दोलनबाटै सच्याउन बाध्य पार्ने चेतावनी समेत दिए ।
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सो बिरोध प्रदर्शन गरिएको हो ।
- स्थानिय शिव मन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर निस्केको बिरोध जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
- प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया