स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

राजविराज राजविराज
|
आइतबार, माघ ११, २०७७
|
|
५० पटक हेरिएको
Shares
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

सारांश

  •     भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
  •       संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
  •       प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
    आगामी फागुनको अन्तिम साता स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिताको राजविराजमा आयोजना हुने भएको छ । 
    भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 
    संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए । 
    प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए । 
    सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा नेपाल भारत्तोलन संघ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । 
    सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?